बीमा न्युज,
काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्सको शाखा विस्तार भएको छ । कम्पनीको १६ औं शाखाको रुपमा धनुषाको जनकपुरमा शाखा विस्तार भएको हो ।
हालसम्म काठमाडौँ उपत्यकाभित्र ज्ञानेश्वर, गोंगबु, जोरपाटी, किर्तिपुर, पुल्चोक, र सुर्य्विनायक तथा उपत्यकाबाहिर नारायणगढ, विरगंज, पोखरा, चन्द्रनिगाहपुर, सिन्धुली, निजगढ, टिकापुर, बनेपा र नेपालगञ्जमा गरी १५ शाखा विस्तार गरेको कम्पनीले १६औँ शाखा जनकपूरमा स्थापना गरेको हो ।
यस शाखा कार्यालय संचालन पश्चात आसपासका शहरी तथा ग्रामिण क्षेत्रका जनमानसमा बीमाको साक्षरता तथा पहुँच अभिवृद्धि गर्नमा सहयोगि हुने विश्वास कम्पनीले व्यक्त गरेको छ ।
विभिन्न पेशा, उद्योग, व्यवसाय, वित्तीय क्षेत्रमा लब्ध प्रतिष्ठित, उच्च छवी तथा सफलव्यवसायिक पृष्ठभुमी भएकाव्यक्तितथा संस्थाहरु लगायत एनआइशि एसिया बैंक समेत प्रबद्र्धक रहेको यस कम्पनीको रजिष्टर्ड कार्यालय, पोखरा, कास्की र प्रधान कार्यालय शान्ता प्लाजा ज्ञानेश्वर, काठमाडौँमा रहेको छ ।
अधिकृत पुँजी तीन अर्ब रहेको कम्पनीको जारी पुँजी दुई अर्ब २० करोड मध्ये हाल संस्थापकबाट ७० प्रतिशतले हुने रकम एक अर्ब ५४ करोड चुक्ता पुँजी रहेको छ । कम्पनीले निकट भविष्यमा ६६ करोडको सर्वसाधारणको लागि शेयर जारी गरी चुक्ता पुँजी २ अर्ब २० करोड पुर्याउने जनाएको छ । कम्पनीका ५ बीमा योजनाहरु छन् ।
कम्पनीको संचालक समितिका अध्यक्ष पशुपति मुरारका हुन् ।