Nepal Life Insurance

जनता बैंकको थप दुई बीमा कम्पनीसंग बैंकासुरेन्स सझौता

प्रकाशित मिति: ६ मंसिर २०७४, बुधबार १२:१५

Beema News

बीमा न्युज,
काठमाडौं । जनता बैंकले थप दुई बीमा कम्पनीसंग बैंकासुरेन्स सझौता गरेको छ । बैंकले आफ्ना निक्षेप तथा कर्जा ग्राहकहरुलाई एकद्वार सेवा प्रणाली मार्फत जीवन तथा निर्जीवन बीमा सेवा प्रदान गर्ने क्रममा थप दूई बिमा कम्पनीसंग बैंकासुरेन्स सझौता गरेको हो ।

बैंकले यूनियन लाइफ इन्स्योरेन्स र एनबी इन्स्योरेन्स कम्पनीसँग बैंकासुरेन्स सम्बन्धी सम्झौता गरेको छ । जनता बैंकका प्रमुख कार्यकारी अधिकृत परशुरामकुँवर क्षेत्री र यूनियन लाइफ इन्स्युरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार लालकर्णले बैंकासुरेन्स सेबा सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका हुन् । यस्तै एनबी इन्स्योरेन्स कम्पनीसँग पनि सझौता भएको छ ।

सम्झौता पश्चात ग्राहकहरुले जनता बैंकको शाखा कार्यालयहरुबाट छिटो,छरितो तथा सहज रुपमा उक्त कम्पनीहरुको बीमा लेख प्राप्त गर्न, प्रिमियम भुक्तानी तथा दावी भुक्तानी लगायत सम्पूर्ण बीमा सेवा प्राप्त गर्न सक्नेछन् ।

बैंकासुरेन्स के हो ?

बीमा व्यवसायको क्षेत्र विस्तार हुदै जाने क्रममा बैक तथा बीमा कम्पनीहरु सहकार्यमा बैंकमै बीमा गर्न सकिने सुबिधा नै बैंकासुरेन्स हो । विश्व बजारमा बैंकासुरेन्स धेरै पहिले नै प्रचलनमा आएको भए पनि नेपालमा भने भर्खरै सुरुवात भएको छ । बैंकले ग्राहकहरुको सुविधालाई ध्यानमा राख्दै बीमा सम्बन्धी सेवा उपलब्ध गराउने भएकाले बीमा व्यवसायको विस्तारमा बैकासुरेन्सले थप योगदान दिने बीमा कम्पनीहरुको विश्वास रहेको छ ।

यो पनि पढ्नुहोस्…

बैंकासुरेन्स निर्देशिका जारी गर्दे बीमा समिति

बैंक जाँदै हुनुहुन्छ ? बैंकमै गर्न सकिन्छ, बीमा

एशियन लाईफ र मुक्तिनाथ बीच बैंकासुरेन्स संझौता

जनता बैङ्क र एशिएन लाइफ बीच बैंकासुरेन्स सझौता

 

 

 

 

समाचार

सबै

पुनर्बीमा कम्पनीको चौथो साधारण सभा सम्पन्न

काठमाडौ । वीमा कम्पनीहरुको जोखिम न्यूनिकरणको लागि स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीको चौथो बार्षिक सधारणसभा गत हालै सम्पन्न भएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको सधारणसभामा गत आर्थिक.....

नेपाल लाईफको नयाँ बीमा योजना, प्रत्येक वर्ष खर्च, अवधी पश्चात पुरै भुक्तानी

बीमा न्यूज/काठमाडौं । जीवन बीमा कम्पनीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना बजारमा ल्याएको छ ।.....

एशियन लाइफको दुई लाख २१ हजार कित्ता हकप्रद लिलाममा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रीका लागि.....

प्रभु इन्स्योरेन्समा बीमा गर्दा बि एण्ड सी अस्पतालमा नगदरहित उपचार पाइने

काठमाडौं । निर्जिवन बीमा कम्पनी प्रभु इन्स्योरेन्समा बीमा गरेका सेवाग्राहीहरुले अब पूर्वको चर्चित बी एण्ड सी.....

गण्डकी विकास बैंकबाट अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । ख बर्गको वित्तिय संस्था गण्डकी बिकास बैंक र निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सबीच बीमा सेवा.....