बीमा न्युज,
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सको ब्राण्ड एम्बेस्डरमा मह जोडी नियुक्त भएका छन् । मह जोडीका मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्यसँग कम्पनीका सहायक महाप्रबन्धक दिपबहादुर बिसी र मुख्य प्रबन्धक कवि फुयालले ब्राण्ड एम्बेस्डरको भूमिका निर्वाह सम्वन्धमा हस्ताक्षर गर्नु भएको हो ।
मह जोडीले कम्पनीको लागि जीवन बीमाको आवश्यकताको बारेमा देशभर जनचेतना जगाउनेमा सहयोग गर्नुहुनेछ् । जीवन बीमा गरी आफ्नो जीवन सुरक्षित गर्ने सर्वसाधारणहरुलाई प्रोत्साहित समेत गर्नुहुनेछ ।
सिटिजन लाइफले गत कात्तिक २ गतेदेखि व्यवसायिक कारोबार शुभारम्भ गरेको हो । कम्पनीले मुलुकभर रहेको आफ्ना २५ वटा शाखावाट मार्फत ग्राहकहरुलाई जीवन बीमा सेवा प्रदान गरिरहेको छ । कम्पनीका प्रवद्र्धकहरुमा प्रतिष्ठित उद्योगीहरु, बैंकरहरु तथा व्यवसायिक संस्थाहरु रहेका छन् ।