बीमा न्युज,
मंसिर १२, काठमाडौ । आज मंगलबार नेप्सेमा सुधार देखिएको छ । नेप्से १० दशमलब १२ अंकले सुधार हुदाँ बीमा समुहमा भने १४ दशमलब ०८ अंकले घटेको छ । आज दिन भर उतार चडाउ देखिएको बीमा समुह १४ दशमलब ५७ अंकमा झरेर रोकिएको हो । नेप्सेमा सुचिकृत समुहमा बीमासंगै प्रशोधन तथा उत्पादन समुहमा पनि गिरावट देखिएको छ ।
मंगलबार बीमा परिसुचक आठ हजार १६ दशमलब ६० विन्दुमा झरेको छ । शुन्य दशमलब १८ प्रतिशत अंकले परिवर्तन हुदा बीमा समुहमा कारोबार भने नौं करोड ८५ लाख ४५ हजार तीन सय भएको छ ।
मंगलबार बीमा समुहको धेरै कारोबार गर्ने शिर्ष सुचिमा दुई बीमा कम्पनीहरु रहेका छन् । नेपाल लाइफको दुई करोड ९३ लाख बराबरको कारोबार भएर शिर्ष सुचिको तेस्रो स्थानमा रहेको छ । यस्तै राष्ट्रिय बीमा कम्पनीको प्रमोटर शेयर पनि दुई करोड १८ लाख बराबरको भएको छ ।
कारोबार संख्याको आधारमा मंगलबार कुनै पनि बीमा कम्पनी शिर्ष सुचिमा पर्न सकेको छैन । पनि नेपाल लाइफ इन्स्योरेन्स मात्रै रहेको छ । नेपाल लाइफको एक सय ७८ पटक कारोबार भएको छ । मंगलबार धेरै कमाउनेमा कुनै बीमा कम्पनीहरु शिर्ष सुचिमा परेका छैनन् । तर गुमाउनेमा भने नेपाल इन्स्योरेन्स रहेको छ ।
मंगलबार नेप्से १०.१२ अंकले सुधार आउदाँ १५ सय २३ दशलमब ८६ विन्दुमा पुगेको छ । नेप्सेमा एक सय ६३ कम्पनीका नौं लाख ९९ हजार ६० कित्ता शेयरहरु चार हजार आठ सय ६२ वटा कारोबारबाट ५७ करोड २१ लाख ९९ हजार सात सय ५७ रुपैँयामा किनबेच भएका छन् ।