बीमा न्युज,
काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले निष्काशन गर्न लागेको ३९ करोड २० लाख ९२ हजार ७ सय ९५ रुपैयाँ बराबरको हकप्रदलाई इक्रा नेपालले ग्रेड ३ प्रदान गरेको छ । जसले कम्पनीको आधारहरु औषत रहेको जनाउछ । इक्रा नेपालले १ देखि ५ प्वाइन्ट स्केलमा ग्रेडिङ्ग प्रदान गर्दछ । १ ले बलियो आधार जनाउछ भने ५ ले कमजोर आधार जनाउछ ।
नेको इन्स्योरेन्स कम्पनीको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद मुनाफा तीन करोड ६१ लाख रुपैयाँ रहेको छ । अघिल्लो वर्षको सोहि अवधिमा कम्पनीले दुई करोड ५० लाख रुपैयाँ कमाउन सफल भएको थियो । गत वर्षको सोहि अवधिको तुलनामा चालु आर्थिक वर्षको पहिलो त्रैमासको मुनाफा ४४ दशमलव ४ प्रतिशतले बढि हो ।
कम्पनीको चुक्ता पुँजी ७१ करोड २८ लाख रुपैयाँ रहेको छ । यस्तै जगेडाकोषमा २४ करोड ९६ लाख रुपैयाँ र बीमाकोषमा ३० करोड २४ लाख रुपैयाँ रहेको छ । कम्पनीको आम्दानी ४४ दशमलव २८ प्रतिशत बढेर छ करोड १९ लाख रुपैयाँ पुगेको छ भने खर्च ४४ दशमलव ३८ प्रतिशतले बढेर दुई करोड ५७ लाख रुपैयाँ पुगेको छ । यस अबधीमा कम्पनीले बीमा शुल्क २३ करोड ६२ लाख रुपैयाँ आर्जन गरेको छ भने सात करोड ८७ लाख रुपैयाँ बराबरको दाबी भुक्तानी गरेको छ ।
कम्पनीको प्रति शेयर आम्दानी वार्षिक २० दशमलब ३० रुपैयाँ, प्रति शेयर नेटवर्थ १ सय ७७ दशमलव ४४ रुपैयाँ र मुल्य आम्दानीको अनुपात ४५ दशमलब ९१ गुणा रहेको छ ।