बीमा न्युज,
मंसिर १३, काठमाडौ । लामो समय पछि आज बुधबार नेप्सेमा कारोबार रकम एक अर्ब नाघेको छ । नेप्से १२ दशमलब २६ अंकले सुधार भएर एक अर्बको कारोबार हुदा बीमा समुहको १९ करोड रुपैयाँ योगदान रहेको छ । बीमा समुहमा पनि १०० दशमलब ५४ अंकले बढेको छ । नेप्सेमा सुचिकृत समुहमा प्रशोधन तथा उत्पादन समुह बाहेक सबैमा सुधार देखिएको हो ।
बुधबार बीमा परिसुचक आठ हजार एक सय १६ दशमलब ८४ विन्दुमा पुगेको छ । एक दशमलब २५ प्रतिशत अंकले परिवर्तन हुदा बीमा समुहमा कारोबार पनि ह्वातै बढेको छ । बीमा समुहमा १९ करोड ३३ लाख ८६ हजार रुपैयाँ कारोबार भएको छ ।
बुधबार बीमा समुहको धेरै कारोबार गर्ने शिर्ष सुचिमा दुई बीमा कम्पनीहरु रहेका छन् । नेपाल लाइफको तीन करोड ५१ लाख रुपैयाँ बराबरको कारोबार भएर शिर्ष सुचिको आठौं स्थानमा रहेको छ । यस्तै लुम्बिनी जनरलको दुई करोड ३१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबार संख्याको आधारमा बीमा कम्पनीहरुमा नेपाल लाइफ रहेको छ । नेपाल लाइफको तीन सय ०१ पटक कारोबार भएको छ ।
बुधबार धेरै कमाउनेमा सगरमाथा र प्रिमियर इन्स्योरेन्स कम्पनी शिर्ष सुचिमा पर्न सफल भएका छन् । तर गुमाउनेमा भने कुनै बीमा कम्पनी शिर्ष सुचिमा परेको छैन् ।
बुधबार नेप्से १२.२६ अंकले सुधार हुदाँ १५ सय ३६ दशलमब १२ विन्दुमा पुगेको छ । नेप्सेमा एक सय ६३ कम्पनीका २० लाख ५७ हजार एक सय ६५ कित्ता शेयरहरु आठ हजार एक सय ६९ वटा कारोबारबाट एक अर्ब पाँच करोड ३५ लाख ७१ हजार चार सय ३९ रुपैँयामा किनबेच भएका छन् ।