बीमा न्युज,
काठमाडौं । गत असोज ८ गतेबाट औपचारिक रुपमा व्यवसाय सुरु गरेको ज्योति लाइफले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक रिपोर्ट सार्वजनिक गरेको छ । कम्पनीले पहिलो त्रैमासमा तीन करोड ८६ लाख ४७ हजार रुपैया खुद मुनाफा कमाएको छ । यस्तै ७७ वटा बीमालेख जारी गरी त्यसवाट २३ लाख ६० हजार बीमा शुल्क संकलन गरेको हो ।
एक अर्ब ५४ करोड चुक्ता पुँजी रहेको ज्योती लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो प्रति शेयर आम्दानी २ रुपैंयाँ ५१ पैसा र प्रति शेयर नेटवर्थ १०३ रुपैंयाँ १४ पैसा रहेको छ ।
ज्योती लाइफको अध्यक्षमा नेपाल उद्योग बाणिज्य महासंघका निवर्तमान अध्यक्ष पशुपति मुरारका रहेका छन् ।