Nepal Life Insurance

प्रुडेन्सियलको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन

प्रकाशित मिति: १४ मंसिर २०७४, बिहीबार १३:२४

Beema News

बीमा न्युज,
काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्सको हकप्रद शेयर सुरक्षित गर्ने आज बिहिबार अन्तिम दिन हो । कम्पनीले शुक्रबार मंसिर १५ गते हकप्रद जारी गर्न बुकक्लोज गर्ने भएकाले आजसम्म शेयरधनी कायम रहेकाले मात्र हकप्रद भर्न पाउनेछन् ।

बीमा समितिले तोकेको न्यूनतम चुक्ता पूँजी पुर्याउन प्रुडेन्सियलले ३० प्रतिशत हकप्रद जारी गर्न लागेको हो । ४२ करोड ७६ लाख ८० हजार चुक्ता पूँजी रहेको इन्स्योरेन्सले १० बराबर ३ कित्ता अनुपातमा १२ लाख ८३ हजार ४० कित्ता हकप्रद शेयर बिक्री गर्न लागेको हो । हकप्रदपछि कम्पनीको चुक्ता पूँजी ५५ करोड ६० लाख रुपैयाँ पुग्नेछ ।

कम्पनीले हकप्रद जारी गर्न एनआईसी एशिया क्यापिटललाई विक्री प्रबन्धक समेत नियुक्ति गरीसकेको छ ।

कम्पनीले चालु आवको प्रथम त्रैमासमा दुई करोड ५२ लाख ३८ हजार रुपैयाँ खुद नाफा कमाएर प्रतिशेयर आम्दानी २३ रुपैयाँ ६० पैसा कायम गरेको छ । कम्पनीको प्रतिकित्ता शेयरमूल्य बुधबार प्रतिकत्ता ११७४ रुपैयाँ छ ।

 

 

 

समाचार

सबै

पुनर्बीमा कम्पनीको चौथो साधारण सभा सम्पन्न

काठमाडौ । वीमा कम्पनीहरुको जोखिम न्यूनिकरणको लागि स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीको चौथो बार्षिक सधारणसभा गत हालै सम्पन्न भएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको सधारणसभामा गत आर्थिक.....

नेपाल लाईफको नयाँ बीमा योजना, प्रत्येक वर्ष खर्च, अवधी पश्चात पुरै भुक्तानी

बीमा न्यूज/काठमाडौं । जीवन बीमा कम्पनीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना बजारमा ल्याएको छ ।.....

एशियन लाइफको दुई लाख २१ हजार कित्ता हकप्रद लिलाममा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रीका लागि.....

प्रभु इन्स्योरेन्समा बीमा गर्दा बि एण्ड सी अस्पतालमा नगदरहित उपचार पाइने

काठमाडौं । निर्जिवन बीमा कम्पनी प्रभु इन्स्योरेन्समा बीमा गरेका सेवाग्राहीहरुले अब पूर्वको चर्चित बी एण्ड सी.....

गण्डकी विकास बैंकबाट अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । ख बर्गको वित्तिय संस्था गण्डकी बिकास बैंक र निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सबीच बीमा सेवा.....