बीमा न्युज,
मंसिर १४, काठमाडौ । साताको अन्तिम दिन बिहिबार नेप्से स्थिर रहेको छ । एक दमलब ५५ अंकको सामान्य सुधार हुदाँ कारोबार ७४ करोड ६८ लाख ३९ दुई सय ९२ रुपैयाँ भएको हो । बीमा समुहमा पनि २० दशमलब ३७ अंकले बढेको छ । नेप्सेमा सुचिकृत समुहमा विकास बैंक, फाइन्नस र प्रशोधन तथा उत्पादन समुह बाहेक सबैमा सुधार देखिएको छ ।
बिहिबार बीमा परिसुचक आठ हजार एक सय ३७ दशमलब २१ विन्दुमा पुगेको छ । शुन्य दशमलब २५ प्रतिशत अंकले परिवर्तन हुदा बीमा समुहमा कारोबार पनि ह्वातै बढेको छ । बीमा समुहमा २१ करोड १८ लाख ९९ हजार रुपैयाँ कारोबार भएको छ ।
बिहिबार बीमा समुहको धेरै कारोबार गर्ने शिर्ष सुचिमा चार बीमा कम्पनीहरु रहेका छन् । युनाइटेड इन्स्योरेन्सको चार करोड छ लाख बराबरको कारोबार भएर सुचिको पहिलो स्थानमा रहेको छ । दुई करोड ३१ लख कारोबार भएर सगरमाथा छैटौं स्थानमा रहेको छ । यस्तै नेको इन्स्योरेन्स र नेपाल लाइफको दुई करोड बराबरको कारोबार भएर शिर्ष सुचिमा पर्न सफल भएको छ ।
कारोबार संख्याको आधारमा तीन बीमा कम्पनीहरु रहेका छन् । युनाइटेड इनस्योरेन्सको दुई सय ८० पटक कारोबार भएको छ । यस्तै नेको इन्स्योरेन्सको एक सय ५३ र नेपाल लाइफको एक सय ४९ पटक कारोबार भएको छ । बिहिबार धेरै कमाउनेमा युनाइटेड र नेको इन्स्योरेन्स कम्पनी शिर्ष सुचिमा पर्न सफल भएका छन् । तर गुमाउनेमा भने कुनै बीमा कम्पनी शिर्ष सुचिमा परेको छैन् ।
बिहिबार नेप्से १.५५ अंकको झिनो सुधार हुदाँ परिसुचक १५ सय ३७ दशलमब ६७ विन्दुमा पुगेको छ । नेप्सेमा एक सय ६४ कम्पनीका १३ लाख ५२ हजार छ सय ४८ कित्ता शेयरहरु छ हजार नौं सय ३३ वटा कारोबारबाट ७४ करोड ६८ लाख ३९ हजार दुई सय ९२ रुपैँयामा किनबेच भएका छन् ।