बीमा न्युज,
काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीको १३ औं वार्षिक साधारणसभा पुस ७ गते हुने भएको छ । कम्पनीले गत आर्थिक वर्षमा गरेको नाफाबाट शेयरधनीलाई चुक्तापुँजीका २९ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पेश गर्ने जनाएको छ ।
यस्तै कर प्रयोजनका लागि १.५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पेश गर्नेछ । सभामा साधरण शेयरधनीको हिस्सा ३० प्रतिशतले बढाएर ४४ प्रतिशत पुर्याउने प्रस्ताव गरिएको छ । यसका लागि संस्थापक शेयर साधारणमा परिणत गरिने भएको छ ।
शिखर इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नौं करोड ५५ लाख खूद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको यही अवधिमा कम्पनीले आठ करोड ७० लाख नाफा कमाएको थियो ।
समीक्षा अवधिमा शिखरले ४० करोड ५० लाख बिमा शुल्कबाट आम्दानी गरेको छ । यो आम्दानी अघिल्लो वर्षको तुलनामा करिव पाँच करोडले बढि हो । अघिल्लो बवर्षको यहि त्रैमासमा शिखरले बीमा शुल्कवाट ३५ करोड ७४ लाख आम्दानी गरेको थियो ।
पुनर्बीमा कमिसनबाट हुने आय अघिल्लो वर्ष आठ करोड २१ लाख रहेको थियो त्यो बढेर यो वर्ष नौं करोड नौं लाख पुगेको छ । त्यस्तै तीन करोड २९ लाख रहेको लगानी कर्जा तथा अन्यबाट हुने आय पनि बढेर तीन करोड ७७ लाख पुगेको छ ।
समीक्षा अवधिमा शिखर इन्स्योरेन्सले १४ करोड ४८ लाख बढीको दाबी भुक्तानी गरेको छ । अघिल्लो वर्ष यहि अवधिमा दाबी भुक्तानी ७ करोड ४९ लाखमा सीमित थियो । कम्पनीको बिमा कोष निकै मजबुत भएको छ । अघिल्लो वर्षको यही अवधिसम्म ५० करोड १८ लाख रहेको कोष मजबुत भई ६८ करोड ३१ लखको उचाईमा पुगेको छ ।
शिखरको जगेडाकोषमा भने सुधार भएको छैन । अघिल्लो वर्षको पहिलो त्रैमाससम्म ४६ करोड ४४ लाख रहेको जगेडाकोष अहिले ३१ करोड ४४ लाखमा सीमित भएको छ । कम्पनीको तीन करोड ४६ लाखमा सीमित महाविपत्ति कोष अहिले पाँच करोड २९ लाखमा पुगेको छ ।
समीक्षा अवधिमा शिखरको प्रतिसेयर आम्दानी ४६.७५ रुपैयाँ, प्रतिसेयर नेटवर्थ २२८.४३ रुपैयाँ र मूल्य आम्दानी अनुपात ४२.१५ गुणा कायम भएको छ ।