बीमा न्युज,
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सले आफ्नो कम्पनीका बिमितका परिवारलाई ३८ लाख पाँच हजार रुपैयाँको मृत्यु दाबी भुक्तानी गरेको छ ।
कम्पनीले तुलसीपुर उपमहानगरपालिका–५, का रत्नबहादुर वलीकी धर्मपत्नी कौशिला वलीलाई मृत्यु दाबी बापत सो बराबरको चेक हस्तान्तरण गरेको हो । उक्त चेक कम्पनीका सिइओ भरत बस्नेतले हस्तान्तरण गर्नुभयो ।
आरके सप्लायर्सका प्रोप्राइटर तथा सहयोगी बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष रत्नबहादुर वलीले नेशनल लाइफ इन्स्योरेन्स कम्पनीमा २०७१ असार ३१ गते २५ लाख रुपैयाँको जीवन बिमा गर्नुभएको थियो । बीमितको निधन भएकाले परिबारलाई कम्पनीले बीमा दाबी भुक्तानी गरेको हो ।