बीमा न्युज,
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सले हकप्रद शेयर जारी गर्ने भएको छ । कम्पनीले निष्काशन गर्न लागेको हकप्रदलाई इक्रा नेपालले ग्रेड प्रदान गरेको छ ।
एशियन लाइफले ४० करोड २७ लाख ९६ हजार छ सय २० को हकप्रद निष्कासन गर्न लागेको हो । इक्राले उक्त कम्पनीको हकप्रदलाई ग्रेड ४ प्लस प्रदान गरेको छ । इक्रा नेपालले १ देखि ५ प्वाइन्ट स्केलमा ग्रेडिङ्ग प्रदान गर्दछ । १ ले बलियो आधार जनाउछ भने ५ ले कमजोर आधार जनाउछ ।