बीमा न्युज,
काठमाडौं । नेशनल इन्स्योरेन्स कम्पनी १११ औं वर्षमा प्रबेश गरेको छ । सोही अवसरमा कम्पनीले जनवरी ४ सम्म स्थापना महिना मनाउने भएको छ । यससंगै कम्पनीले एक लाख रुपैयाँ बराबरको निशुल्क बिमा सुविधा ल्याएको समेत ल्याएको छ ।
कम्पनीले ‘स्थापना महिना’को अवसरमा यो एक महिना अबधिभर बीमा गर्ने ग्राहकलाई (मोटर, स्वास्थ्य, गृहस्थ) एक लाख रुपैयाँ बराबरको निशुल्क बीमा सुविधा ल्याएको हो ।
कम्पनीले सशस्त्र प्रहरीका विपद व्यवस्थापनमा सक्रिय गोताखोरहरुलाई निशुल्क प्रतिव्यक्ति दुई लाख रुपैयाँसम्म बिमांकको दुर्घटना बीमा गर्ने पनि जानकारी दिएको छ ।
कम्पनीले स्थापना महिना अबधिभर विद्यार्थीलाई बीमा सम्बन्धी जानकारी दिने, वाकाथन आयोजना गर्ने, निशुल्क स्वास्थ्य शिविर सञ्चालन र अपांगता भएका बालबालिकालाई खाद्यान्न वितरण गर्ने जस्ता विविध कार्यक्रमहरु गर्नेे कम्पनीले जनाएको छ ।