‘Know Your Product’ अन्र्तगत नेपालको इन्स्योरेन्स कम्पनीहरुको बीमा योजनाहरु पाठक माझ पुर्याउने प्रयास गरेका छौं । पहिलो चरणमा बीमा योजनाको बारेमा जानकारी गराउने छौं भने दोस्रो चरणमा योजनाको तुलनात्मक विश्लेषण गर्ने जमर्को पनि गर्नेछौं । आजको ‘Know Your Product’ मा नेपाल लाइफ इन्स्योरेन्सको “जीवन सारथी जीवन बीमा योजना”
बीमा न्युज,
काडमाडौं । जीवन सारथी जीवन बीमा योजना अन्तर्गत बीमाङ्क रकम ५० हजार देखि आयस्रोतको आधारमा बीमाङ्क रकम निर्धारण गर्न सकिन्छ । यस योजनामा सहभागि हुन न्यूनतम १८ वर्ष र अधिकतम ५० वर्षको हुनु पर्दछ । बीमा अवधि १५ वर्ष देखि बढीमा ३० वर्ष सम्म रहेको छ । अधिकतम बीमा उमेर ६५ वर्ष हुनुपर्ने प्रावधान रहेको छ ।
विशेषताहरु
सारथी बीमा योजनामा श्रीमान श्रीमती दुबैको सयुक्त जीवन बीमा एउटै बीमालख हुनसक्ने व्यवस्था गरिएको छ । दुबै जनाको संयुक्त नाममा जीवन बीमा भएको भएतापनि कुनै एकजनाको मृत्यु भएको स्थितिमा बीमा गरेको रकम (बीमाङ्क) जीवित बीमितले पाउछ । तर यसपछि पनि बीमालेख चालु अवस्थामा नै रहन्छ । तर यसमा जीवितले बीमा शुल्क तिरिरहनु पर्दैन् । बीमा अवधि समाप्त भएपछि निजलाई पुनः बीमाङ्क रकम र सुरुदेखीको एकमुष्ट बोनस दिइन्छ । यसरी दुई पटक बीमाङ्क रकम पाउन सकिने व्यवस्था यस बीमा योजनामा रहेको छ ।
जीवन सारथी जीवन बीमा १५ वर्ष देखि बढीमा ३० वर्ष सम्मको अवधिको लागि गर्न सकिन्छ । यस बीमा योजनामा ऐच्छिक सुविधा अन्तर्गत दुर्घटना मृत्यु लाभ (ADV) बढीमा २५ लाख सम्म उपलब्ध हुन्छ । यो सुविधा लिए वापत प्रति हजार दुई रुपैयाँका दरले थप बीमा शुल्क तिर्नुपर्ने हुन्छ ।