बीमा न्युज,
काठमाण्डौ । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नयाँ बीमा योजना सुरु गरेको छ । मुलुकभर ७३ जिल्लामा करिब एक सय २९ वटा शाखा तथा उप शाखा कार्यालयहरु रहेको कम्पनीले म्यादी जीवन बीमा योजना बजारमा ल्याएको हो ।
योजनाको विशेषताहरु
म्यादी जीवन बीमा योजनामा न्यून आए भएका लक्षित वर्गलाई समेट्ने प्रयास गरेको छ । दैनिक एक रुपैंयाबाट यस योजनामा सहभागि हुन सकिन्छ ।
बीमा अवधि समाप्ती नहुँदै बीमा चालु रहेको अवस्थामा बीमितको मृत्यु भएमा पुरै बीमाङक रकम बिमितको हकवाला वा कानुन अनुसार सबैभन्दा नजिकको व्यक्तीलाई प्रदान गरिन्छ । दोहोरो दुर्घटना अर्थात् बीमा अवधि समाप्त नहुँदै बीमा चालु रहेको अवस्थामा बीमितको दुर्घटनाबाट मृत्यु भएमा पुरा रकमको दोब्बर बीमितको हकवाला वा कानुन अनुसार सबैभन्दा नजिकको व्यक्तीलाई प्रदान गर्दछ ।
न्यूनतम् बीमाङ्क रकम एक लाख देखि अधिकतम बीमितको इच्छा अनुसार बीमाङ्क निर्धारण गर्न सकिन्छ । यस योजनामा सहभागि हुन न्युनतम १६ वर्ष र अधिकतम ६५ वर्ष पुगेको स्वस्थ व्यक्ति हुनुपर्दछ । बीमा अवधि न्यूनतम पाँच वर्ष देखि गर्न सकिन्छ ।