बीमा न्युज,
मंसिर २०, काठमाडौ । आज बुधबार शिखर इनस्योरेन्सको शेयरमा लगानी कर्ताहरुको आकर्षण देखिएको छ । कम्पनीले घोषण गरेको लाभांश सुरक्षित गर्ने आज भएकोले लगानी कर्ताहरू आकर्षित भएको हो । कम्पनीको आज सबैभन्दा धेरै अर्थात छ करोड ४० रुपैयाँ बराबरको शेएर कारोबार भएको छ ।
बुधबार नेपाल स्टक एक्चेन्जमा सामान्य सुधार देखिएको छ । नेप्से परिसुचक ११ दशमलब ६७ अंकले बढेको छ । नेप्सेमा सुचिकृत समूहमा व्यापार समूह बाहेक सबैमा सुधार आउदाँ नेप्से परिसुचक बढेको हो ।
बुधबार बीमा ६८ दशमलब ६३ अंकले सुधार आउँदा परिसुचक आठ हजार एक सय २८ दशमलब ६५ विन्दुमा पुगेको छ । शून्य दशमलब ८५ प्रतिशत अंकले परिवर्तन हुदा बीमा समूहको २० करोड ८९ लाख १७ हजार रुपैयाँ कारोबार भएको छ ।
बुधबार बीमा समूहको धेरै कारोबार गर्ने शिर्ष सुचिमा पाँच बीमा कम्पनीहरू रहेका छन् । शिखर इन्स्योरेन्स छ करोड ४० लाख बराबरको कारोबार भएर शिर्ष सुचिको पहिलो स्थानमा रहको छ । प्राइम लाइफ इन्स्योरेन्सको प्रमोटर शेएर ३ करोड ३२ लाख बराबरको कारोबार छ । यस्तै नेपाल लाइफको दुई करोड ८९ लाख, नेशनल लाइफको दुई करोड तीन लाख र एनएलजी इन्स्योरेन्सको एक करोड ५८ लाख बराबरको कारोबार भएको छ ।
कारोबार संख्याको आधारमा पनि शिखर इनस्योरेन्स पहिलो स्थानमा रहेको छ । शिखर इन्स्योरेन्स र नेपाल लाइफ दुई बीमा कम्पनीहरू कारोबार संख्याको आधारमा शिर्ष स्थानमा रहेका छन् । शिखर इन्स्योरेन्सको तीन सय ८५ पटक र नेपाल लाइफको एक सय ४२ पटक कारोबार भएको छ । बुधबार धेरै कमाउनेमा शिर्ष सुचिमा कुनै पनि बीमा कम्पनी नरहेपनि गुमाउनेमा भने शिखर इन्स्योरेन्सको प्रामोटर शेएर रहेको छ ।
बुधबार नेप्से ११ दशमलब ५४ अंकले सुधार आउँदा नेप्से परिसुचक १५ सय ३६ दशलमब ५४ विन्दुमा पुगेको छ । नेप्सेमा एक सय ६६ कम्पनीका १२ लाख ५३ हजार आठ सय पाँच कित्ता शेयरहरू पाँच हजार आठ सय चार वटा कारोबारबाट ६७ करोड ९३ लाख ५४ हजार चार सय ९३ रुपैँयामा किनबेच भएका छन् ।