बीमा न्युज,
काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स र कुमारी बैंक बीच बैंकासुरेन्स सम्बन्धि सम्झौता भएको छ । सम्झौता पत्रमा गुराँस लाइफको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायणकुमार भट्टराई र कुमारी बैंकको तर्फबाट वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत अनुजमणि तिमिल्सिनाले हस्ताक्षर गर्नुभएको हो ।
सम्झौता मार्फत कुमारी बैंकका ग्राहकहरुले बैंकका सम्पूर्ण शाखा मार्फत गुराँस लाइफ इन्स्योरेन्सको जीवन बीमाका योजनाहरु खरिद तथा सम्पूर्ण सेवा लिन सकिने जनाएको छ ।
गुराँस लाइफ इन्स्योरेन्सको १२ योजनाहरु रहेका छन् । कम्पनीको मुलुकभर ६४ शाखा तथा उपशाखा कार्यालय रहेका छन् ।