बीमा न्युज,
काठमाडौं । शिखर इन्स्योरेन्सको मुल्य समायोजन भएको छ । शिखरको २९ प्रतिशत बोनस पछि शेयरमूल्य समायोजन भएको हो । नेप्सेले बोनस समायोजनपछि कम्पनीको सेयर प्रतिकित्ता १३ सय ७८ रुपैयाँ कायम गरेका छ । औसत आधार मूल्य भने १५ सय २५ रुपैयाँ निर्धारण भएको छ ।
शिखरले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ८१ करोड ७६ लाख रुपैयाँ चुक्ता पूँजी बनाएको छ । सोहि अवधिमा कम्पनीले ९ करोड ५५ लाख ४५ हजार ४६१ रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीको प्रतिशेयर आम्दानी ४६ रुपैयाँ ७५ पैसा रहेको छ ।