बीमा न्युज,
काठमाडौं । एनबी इन्स्योरेन्सले आफ्नो नाम परिवर्तन गरेका करिब दुई साता पछि नेप्सेमा कारोबार संकेत पनि परिवर्तत गरेको छ । नेप्सेले एनबी इन्स्योरेन्स (आइएमइ जनरल) को कारोबार संकेत “IGI” तोकेको हो ।
कम्पनीले मंसिर ६ गते एक कार्यक्रम आयोजना गरी आइएमई जनरल इन्स्योरेन्सको नाममा कारोबार सुरु गरेको थियो । एनबीले नाम परिवर्तन गर्नको लागि बीमा समितिवाट भदौ १४ मा नै सैद्दान्तिक स्वीकृति पाएको थियो ।