Nepal Life Insurance

सानिमा लाइफ इन्स्योरेन्सको व्यवसायिक कारोबार सुरु, पहिलो वार्षिक साधारणसभा समेत सम्पन्न

प्रकाशित मिति: २३ मंसिर २०७४, शनिबार १२:४४

Beema News

बीमा न्युज,
काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्सले मंसिर २२ गते शुक्रबार देखि औपचारिक कारोबार शुभआरम्भ गरेको छ । बीमा समितिका अध्यक्ष चिरन्जीवी चापागाईले उद्घाटन गर्नुभएको कार्यक्रममा कम्पनीले पहिलो वार्षिक साधारणसभा समेत सम्पन्न गरेको हो ।

 

कम्पनीको कार्य शुभारम्भसँगै सानिमा दीर्घायु (सावधिक तथा आजीवन) जीवन बीमा योजना, सानिमा धनपति (अग्रिम भुक्तानी) जीवन बीमा योजना सार्वजानिक गरेको छ । भविष्यमा वीमा विशेषज्ञ बीमांकीबाट तर्जुमा गरि सर्वसाधारणले रुचाएका नविनतम जीवन बीमा योजनाहरु जन समक्ष प्रस्तुत गर्ने र जीवन बीमाको क्षेत्रमा अग्रणी भुमिका निभाउने लक्ष्य रहेको कम्पनीले जनाएको छ ।

हाल कम्पनीको अधिकृत पुँजी तीन अर्व रहेको छ । जारी पुँजी दुई अर्ब रुपैयाँ रहेको छ । जारी पुजी मध्ये एक अर्ब ४० करोड चुक्ता भैसकेको छ । निकट भविष्यमा जारी पुजीको ३० प्रतिशत सर्वसाधारण सेयर बिक्री गरी चुक्ता पुँजी दुई अर्व रुपैयाँ कायम गर्ने कम्पनीले जनाएको छ ।
मंसिर २२ गते नै सम्पन्न पहिलो वार्षिक साधारण सभाबाट कुमारप्रसाद कोइरालाको अध्यक्षतामा चार सदस्यीय सञ्चालक समिति चयन भएको छ । कम्पनीको सदस्यहरुमा घनश्याम थापा, डा. सुवर्णदास श्रेष्ठ र बद्री विशाल घिमिरे रहेको छन् ।

सानिमा बैक तथा राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरमा व्यवसायिक अनुभव हासिल गरेका प्रतिष्ठित गैर आवसिय नेपालीहरुको समूहले सानिमा लाईफ इन्स्योरेन्सको प्रबद्र्धन गरेका हुन ।

 

 

 

 

समाचार

सबै

पुनर्बीमा कम्पनीको चौथो साधारण सभा सम्पन्न

काठमाडौ । वीमा कम्पनीहरुको जोखिम न्यूनिकरणको लागि स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीको चौथो बार्षिक सधारणसभा गत हालै सम्पन्न भएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको सधारणसभामा गत आर्थिक.....

नेपाल लाईफको नयाँ बीमा योजना, प्रत्येक वर्ष खर्च, अवधी पश्चात पुरै भुक्तानी

बीमा न्यूज/काठमाडौं । जीवन बीमा कम्पनीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना बजारमा ल्याएको छ ।.....

एशियन लाइफको दुई लाख २१ हजार कित्ता हकप्रद लिलाममा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रीका लागि.....

प्रभु इन्स्योरेन्समा बीमा गर्दा बि एण्ड सी अस्पतालमा नगदरहित उपचार पाइने

काठमाडौं । निर्जिवन बीमा कम्पनी प्रभु इन्स्योरेन्समा बीमा गरेका सेवाग्राहीहरुले अब पूर्वको चर्चित बी एण्ड सी.....

गण्डकी विकास बैंकबाट अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । ख बर्गको वित्तिय संस्था गण्डकी बिकास बैंक र निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सबीच बीमा सेवा.....