Nepal Life Insurance

इन्जिनियरिङ्ग पेशागत क्षतिपूर्ति बीमालेखको पुर्ण पाठ, यसको प्राविधिक र व्यवहारिक समस्या अनि चुनौति

प्रकाशित मिति: २५ मंसिर २०७४, सोमबार १२:४९

Beema News

 

कमल रेग्मी
निर्देशक
बीमा समिति

 

पेशागत इन्जिनियरहरुले दिएको परामर्शबाट सेवाग्राहिलाई हुन सक्ने हानी नोक्सानीको रक्षाबरण गर्ने बीमालेखलाई नै इन्जिनियरिङ्ग पेशागत क्षतिपूर्ति बीमालेख भनिन्छ । नेपाल सरकारले खरिद नियमावलिको थो संसोधन २०७३ पौष गर पश्चात यस्तो परामर्स सेवा खरिद गर्दा सम्झौता भएको तीन दिन भीत्र अनिवार्य रुपमा यो बीमालेखको प्रति सेवा प्रदायकले सेवाग्राहि कहाँ पेश गर्नु पर्ने कानुनी ब्यवस्था गरेकोले सर्वप्रथम यस्तो बीमालेख २०७३ बीमा समतिबाट स्वीकृत गरि सबै निजीवन बीमा कम्पनीहरुमा कार्यन्वयनमा पठाएको छ । नेपालमा नौलो किसिमको बीमालेख भएकाले कार्यसम्पादनमा केहि ब्यवाहारीक समस्या देखा पर्न सक्ने एवं सफल रुपमा कार्यान्वयन गर्न केहि प्राविधिक चनौतीहरु रहेका छन् । तीनलाई समयमा नै नेपाल सरकार नियमनकारी निकाय (बीमा समिति), बीमक संघ, बीमकहरु,सर्भेयर संघ, बीमित, मिडियाकर्मी आदिको सामुहिक विचार विमर्श एवं छलफलबाट निष्कर्ष पुगि अगाडि बढि राज्यको साधन श्रोतको अधिकतम सदुपयोग गर्नु, गराउनु सबैको कर्तव्य हुन आउँदछ ।

पृष्ठभुमि
राज्यले सार्वजानिक कार्यमा लिने परामर्शदाताको सेवा मध्ये इन्जिनियरीड। परामर्श एक हो । निजको प्राविधिक परामर्शमा रहेर अनेकन पुर्वाधारका संरचना बन्ने वा अन्य उत्पादन तथा विकासात्मक कार्यहरु हुने तर उनिहरुले उपलब्ध गराएका परामर्श सेवामा यदि भुलवस वा जानजान वा प्राविधिक पक्षको गल्ती, कमिकमजोरी आदिका कारणबाट परामर्श सेवा स्वीकार गर्ने सार्वजानिक निकाय (राज्य) ले भविष्यमा ठ्लो आर्थिक नोक्सानी ब्यहोनु पर्ने हुन सक्दछ । त्यस्तो क्षतिपुर्ति गर्ने बीमा क्षेत्रमा बीमालेखहरु तयार गरिएका छन् ।

यस्तो परामर्शका कमि कमजोरी भयो भने निजी वा सार्वजानिक कम्पनी भएमा उसको आर्थिक अवस्था धरासायीसम्म भई आर्थिक हैसियत समेत गमाउनु पर्ने अवस्था श्रृजना हुन सक्छ । सार्वजानिक निकायमा सर्वसाधारणबाट संकलन भएको राजश्वको अंश अनुत्पादक भई देशमा ठुलो नोक्सानी हुन्छ । यस्तो अवस्थामा कसरी सेवा प्रदायक र सेवाग्राहि दुवै यस्ता गल्ती, कमजोरीबाट रक्षावरण गरी आफ्नो पेशागत काममा निश्चिन्त रुपमा लाग्न सक्दछन् भन्ने अध्ययन, अनुसन्धानबाट बीमाको माध्यमबाट क्षर्तिपुति लिई वा दिई कार्य संचालन गर्ने किसिमको बीमालेख विश्वमा कार्यान्वयनमा रहेको अवस्था छ ।

आजको विश्व बिशेषज्ञता र आउट सोर्ससिड (Out Sourcing) युग हो । हरेक क्षेत्र, पक्ष, बिषयमा बिशेषज्ञता नभए त्यसबाट गुणस्तरको प्रतिफल (Result) निकाल्न कठिन हुन्छ । सबैलाई सबै क्षेत्रको ज्ञान हुने कुरा रहेन र त्यो कल्पना बाहिर नै रहन्छ ।

प्रसंग छ, परामर्शदाताहरुको परामर्श सेवाको, आफुलाई जानकारी, ज्ञान नभएको बिषयमा परामर्शदाताको परामर्श, राय लिई कार्य सम्पादनमा गुणस्तरता कायम गर्नु बृद्धिमता हुन्छ । यदि विविध कारणबाट परामर्शदाताको परामर्शसेवा नै गलत वा त्रुटिपुर्णटि रहेछ भने त्यसको आधारमा रहेर गरेको परिणाम (Result) कस्तो रहला सहजै अनुमान गर्न सकिन्छ । यस्तो त्रुटिबाट कसरी बच्ने र बचाउने प्रयासमा अध्ययन, विचार विमर्श भई रहँदा पेशागत क्षतिपूर्ति बीमालेखको परिकल्पना भई विश्व बजारमा यस्ता बीमालेख अधिकाशँ देशमा प्रचलनमा रहेका छन् । यसबाट सेवा प्रदायक (परामर्श दाता) र सेवाग्राहि दुवै लाभान्वीत हुनुको साथै बीमा कम्पनीले समेत बीमा शुल्कको माध्यमबाट लाभ लिन सक्ने भई त्रिपक्षिय फाईदा हुने देखिन्छ ।

सायद, विश्वमा ठुलो लगानी पुर्वाधार क्षेत्रमा हुन्छ । यस्ता पुर्वाधारमा परामर्शदाताको परामर्श सेवा नै गलत प्रमाणित भइ लगानकर्ताको लगानी नै बालुवामा मिल्ने र यसको क्षतिपुर्ति कसले भराई दिने ठुलो कौतुहलको बिषय रहेको छ । कुल लगानीको दुईदेखि पाँच प्रतिशतसम्म परामर्श शुल्क लिने परामर्शदाताले खबौंका आयोजनाको आर्थिक क्षतिपुर्ति तिर्न सक्ने कुरा संम्भव हुदैन् । लगानीकर्ताको रकम त्यहि परामर्शको कारणबाट डुब्ने अवस्थामा कसरी निकास निकाल्ने बढो गम्भीर प्रश्न छ ।

आर्थिक विकासका मुख्य खम्बाहरु मध्ये एक बीमा हो । बीमाको माध्यमबाट यस्ता परामर्शदाताको गल्तीबाट हुने क्षतिपुर्तिलाई समेत क्षर्तिपुति भराई अर्थतन्त्र चलायमान गराइ रहन सहयोग गर्ने छ । बीमाका माध्यमबाट विश्वको ट्वीन टावर (Twin Tower)  को पुर्ननिर्माण देखि प्राकृतिक विपत्तिका घटनाबाट भएको आर्थिक क्षतिको पुर्न निर्माण गर्न, गराउन सहयोग भएको हामी सबैले सुनेकै छौं । त्यसरी नै परामर्शदाताको भुलवस वा हेलचेक्राईंबाट भएका गल्तीका कारणले भविष्यमा हुने सक्ने आर्थिक क्षतिको पुर्ति समेत यस बीमालेखको माध्यमबाट गर्न गराउन सकिन्छ । हाल विश्वका अधिकाशं देशमा यस्तो बीमालेख प्रचलनमा रहने गरी कानुनी आधार स्थापित भएको छ । यसको क्षेत्र र बजार रात दुई गुणा र रात चार गुणाको हिसाबले बढि रहेको छ ।

नेपालमा यसको प्रचलन र कानुनी पक्ष
नेपालमा यस्ता प्रकृतीका बीमालेख विकास साझेदारहरुले नेपाल सरकारलाई दिने ऋण, सहायता स्वीकार गर्दा प्रयोगमा रहेको अभिलेखले देखाउँदछ । त्यस ताका विदेशी बीमा कम्पनी मार्फत बीमालेख जारी गरि कार्य संचालन गर्ने गरिएको थियो । जसको कारणबाट आयोजनाको लागत समेत बढ्न गएको तितो अनुभव यसका जानकारहरु बताउनु हुन्छ ।

यसबाट विदेशी मुद्रा बाहिरीने एवं आयोजनाको लागत समेत बढ्ने, नेपालका आयोजना वा सार्वजनीक खरिदमा परामर्सदातालाई जिम्मेवार बनाउन केहि कठिन भएको र नेपाली बीमा कम्पनीले बीमाका नयाँ प्रोडकलाई प्रचलनमा ल्याउन चाहेको आदि पक्षलाई मध्य नजर गरि यसको आवश्यक्ता रहेकोले यो बीमालेख जारी गर्न प्रयास तथा विभिन्न निकायबाट माग हुँदै आएको थियो ।

नयाँ प्राविधिक बिषय रहेकोले कसरी निर्णयमा पुग्ने कति बिमाडं राख्ने, कति बीमा शुल्क कायम गर्ने, क्षतिपुर्तिका सेवा, सर्त सुविधा कसरी तयार गर्ने सम्बन्धमा बिमा समितिका तत्कालिन अध्यक्षको संयोजकत्वमा एक छलफलको आयोजना गरियो । छलफलमा बीमा समिति, बीमक संघ,बीमक (बिशेषतः निर्जिबन),नेपाल इन्जिनियरिड। परामर्सदाताहरुको महासंघ , सर्भेयरहरुको उपस्थीतमा यस सम्बन्धमा अध्ययन गरी प्रतिवेदन दिन एक अधिकार सम्पन्न प्राविधिक उप समितिको गठन भएको थियो । उक्त समितिले अन्तराष्टिय प्रचलन, अभ्यास, कानुनी एवं ब्यवाहारीक आदिका आधारमा अध्ययन गरी बीमा समितिमा सिफरिस सहित प्रतिवेदन पेश भयो । सोही प्रतिवेदनको आधारमा समितिबाट निर्णयमा पुगि उक्त बीमालेख स्वीकृत भई सबै बीमा कम्पनीलाई एकिकृत रुपमा एउटै सेवा, शर्त, सुविधा,उपलब्ध गराउने र बीमा शूल्क लिने न्युनतम प्रतिशत समेत तोकि बजारमा प्रचलनमा रहि आएको छ । नेपाल सरकारबाट खरिद नियमावलि २०६४ लाई २०७३ साल पौषमा संसोधन भए पश्चात कुनै पनि सार्वजनीक निकायले सेवा खरिद गर्दा छनौट भएको सेवा प्रदायकसंग सम्झौता भएको तीन दिन भित्र अनिवार्य रुपमा यस्तो प्रकारको बीमालेखको प्रति पेश गर्नु पर्ने भनि उल्लेख भएको र सो पेश नगरेमा सम्झौता रद्ध समेत हुने कानुनी ब्यवस्था रहेको हुँदा यो बीमालेख बीमा समितिबाट जारी गरी बिमक मार्फत बिक्रि गर्ने गरी प्रचलनमा रहि आएको छ ।

बीमालेखका बिशेषता तथा सामान्य शर्तहरु
यो बीमालेखको सामान्य अवधि एक वर्षको हुन्छ । तत्पश्चात आवश्यक्ता अनुसार नवीकरण गर्न सकिन्छ । बीमाङ्क (क्षतिपुर्तिको रकम) बढिमा दश लाख रुपैयाँ वा परामर्शदाताको बार्षिक आम्दानीको तीन गुण मध्ये जुन बढि हुन्छ सो बराबर हुने गरी ब्यवस्था गरिएको छ । यसमा लाग्ने बीमा शुल्क (बीमालेख खरिद गर्दा भुक्तानी गर्ने रकम) बीमाङ्कको ०.५ (शुन्य दशमलब पाँच) प्रतिशत कायम गरिएको छ । इन्जिनियरिङ्ग परामर्शसेवामा कुनै व्यवसायिक हेल चेक्राई, भूल अथवा वेवास्ताका कारण कुनै किसिमको कानूनी दायित्व बीमित (परामर्श सेवा बिक्रि गर्ने वा दिने) ले व्यहोर्नु परे त्यस्तो दायित्व यस बीमालेखले रक्षावरण (क्षतिपुर्ति) गर्र्ने गरी बीमालेखको करार तयार गरिएको छ । परियोजना खर्बौंको रहेको छ भने बढिमा दशलाखको बीमाङ्कबाट यस्तो क्षतिको रक्षावरण हुन नसक्ने भएकोले अन्य थप सेवा (Rider) लिन चाहेमा बीमितले अतिरिक्त शूल्क तिरी परियोजना अनुसारको बीमाङ्क कायम गरी बीमालेख लिन सक्ने गरि ब्यवस्था गरिएको छ । अथात् कुनै परियोजनालाई यसको अतिरिक्त अधिक सिमा (Limit) आवश्यक भएमा छ्टटै बीमालेख खरिद गर्न सकिने विकल्प खुल्ला रुपमा ब्यवस्था गरिएको छ ।

कस्तो अवस्था श्रृजना भए बीमकले क्षतिपुर्ति भुक्तानी गर्ने भन्ने बिषयमा बीमितलाई परामर्श सेवा दिएको कारणबाट सेवा लिनेको आर्थिक क्षति भएको कानूनी रुपमा प्रमाणीत भए पश्चात मात्र बीमकको दायित्व स्थापित हुने (रकम भुक्तानी गर्नु पर्ने) ब्यवस्था गरिएको छ । कानुनी आधार भन्नाले अधिकार सम्पन्न अर्ध न्यायिक वा न्यायिक निकाय (अदालत) बाट फैसला भएको आधारमा मात्र त्यस्तो क्षतिपुर्ति बापतको रकम बीमा कम्पनीले भुक्तानी गर्ने कुरा उल्लेख गरिएको छ । अन्य सामान्य बीमालेखमा क्षतिपुर्तिको आधार यस्तो नभइ क्षतिको विवरण बीमितले बीमकलाई दिए पश्चात, बीमकले सर्भेयर खटाउने र सोको प्रतिवेदनको आधारमा कम्पनीले क्षतिपुर्ति दिने प्रचलन रहन्छ । एक पटक जारी भएको बीमालेख विविध कारणले खारेज गर्नु पर्दा अन्य सामान्य बीमालेख भने निश्चीत रकम कट्टा गरि बाँकी बीमाशुल्क फिर्ता हुने ब्यवस्था गरिएको हन्छ तर यस बीमालेखमा उक्त सुविधाको ब्यवस्था गरेको देखिदैन । अर्थात बीमालेख खारेज गर्न सकिने तर सो बापत भुक्तानी गरेको बीमा शुल्क मध्येको बाँकी रकम फिर्ता नपाईने यसको आसय देखिन्छ । बीमालेखमा उल्लेख भएका अन्य ब्यस्थाको हकमा कुनै कानुनी एवं व्यवाहारिक समस्या देखिएमा बीमा समितिले ब्याख्या गरि समाधानको बाटो अवलम्बन गर्ने छ ।

समस्या, चुनौती र अवको बाटो
नेपाली बीमा बजारमा नौलो बीमा भएको र यसमा कार्य गर्ने जनशक्ति समेत पुर्णतः अभ्यस्त भई नसकेको अवस्थामा बीमालेख जारी गर्दा केहि समस्या रहनु स्वभाविकै रहन्छ । यो बीमालेख विदेशीहरुको लागी नेपालका ठुला परामर्शदाताहरुले प्रचलनमा ल्याई रहेका र पुर्नबीमा ( Re-Insurance) को लागी दलाल (Broker) हरु अभ्यस्त रहेकाले त्यसमा केहि समस्याहरु नरहेको अवस्था छ । नेपालमा प्रथम पटक नेपाली बीमकबाट जारी हुँदै गरेको बीमालेखको प्राविधिक पक्षमा केहि ब्यवाहारिक समस्याहरु रहेका छन् । भखरै प्रचलनमा आएको र यसको दावि प्रकृया केहि फरक रहेकोले हालसम्म दावि नपरेको जानकारी बीमकबाट प्राप्त भएको छ । यसलाई सबैको पहँचमा पुरयाई कार्यन्वयनमा सहजता ल्याउन बीमा समिति , बीमक संघ, बीमकको सामुहिक योगदान एवं मिडियाले समेत प्रचार प्रसारमा सहयोग गर्न सके अझ धेरैलाई जानकारी भइ प्रचलनमा आउने कुरामा विश्वस्थ हुन सकिन्छ ।


सन्दर्भ सामाग्रीहरु

  • बीमा ऐन २०४९ र बीमा नियममवली २०४९, कानुन ब्यवस्था किताब समिति,
  • बीमा समितिले गठन गरेको अध्ययन समिति ९ पेशागत ईन्जिनियरिड, बीमालेख अध्ययन उप सिमिति को प्रतिवेदन २०७३
  • बीमा समितिको बाषिक प्रतिवेदन २०७३/७४ लगायत अन्य अंकहरुबी
  • Insurance Regulatory Development Authority of India’s Website www.IRDA.gov.in
  • International Association Insurance Supervisors’ website www.iaisweb.org 
  • Insurance Related Website / Wikipedia

 

 

 

समाचार

सबै

पुनर्बीमा कम्पनीको चौथो साधारण सभा सम्पन्न

काठमाडौ । वीमा कम्पनीहरुको जोखिम न्यूनिकरणको लागि स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीको चौथो बार्षिक सधारणसभा गत हालै सम्पन्न भएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको सधारणसभामा गत आर्थिक.....

नेपाल लाईफको नयाँ बीमा योजना, प्रत्येक वर्ष खर्च, अवधी पश्चात पुरै भुक्तानी

बीमा न्यूज/काठमाडौं । जीवन बीमा कम्पनीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना बजारमा ल्याएको छ ।.....

एशियन लाइफको दुई लाख २१ हजार कित्ता हकप्रद लिलाममा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रीका लागि.....

प्रभु इन्स्योरेन्समा बीमा गर्दा बि एण्ड सी अस्पतालमा नगदरहित उपचार पाइने

काठमाडौं । निर्जिवन बीमा कम्पनी प्रभु इन्स्योरेन्समा बीमा गरेका सेवाग्राहीहरुले अब पूर्वको चर्चित बी एण्ड सी.....

गण्डकी विकास बैंकबाट अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । ख बर्गको वित्तिय संस्था गण्डकी बिकास बैंक र निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सबीच बीमा सेवा.....