Nepal Life Insurance

‘Know Your Product’ नेपाल लाइफ इन्स्योरेन्सको “बालबच्चाको जीवन बीमा योजना”

प्रकाशित मिति: २६ मंसिर २०७४, मंगलवार १२:२३

Beema News

‘Know Your Product’ अन्र्तगत नेपालको इन्स्योरेन्स कम्पनीहरुको बीमा योजनाहरु पाठक माझ पुर्याउने प्रयास गरेका छौं । पहिलो चरणमा बीमा योजनाको बारेमा जानकारी गराउने छौं भने दोस्रो चरणमा योजनाको तुलनात्मक विश्लेषण गर्ने जमर्को पनि गर्नेछौं । आजको ‘Know Your Product’ मा नेपाल लाइफ इन्स्योरेन्सको “बालबच्चाको जीवन बीमा योजना”

 

बीमा न्युज,
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो अमुल्य ग्राहकहरुको निमित्त “केटाकेटीको शिक्षा र विवाह सावधिक जीवन बीमा योजना” र “छोराछोरीको शिक्षा र विवाह अग्रिम भुक्तानी जीवन बीमा योजना” जनसमक्ष प्रस्तुत गरेको छ । यस बीमा योजना अन्र्तगत १ वर्ष देखि ११ वर्षसम्म उमेर पुगेका बालबच्चाहरुको लागि “केटाकेटी सावधिक जीवन बीमा र “छोराछोरी अग्रिम सावधिक जीवन बीमा”  बीमाङ्क ५० हजार देखि पाँच लाख सम्मको जीवन बीमा गर्न गराउन सकिन्छ ।

विशेषताहरु
केटाकेटी सावधिक जीवन बीमा र छोराछोरी अग्रिम सावधिक जीवन बीमालेखमा एक बर्षदेखि सात वर्षम्म उमेर भएको बाल बच्चाहरु सहभागि हुन सक्छन् । बीमितको उमेर सात वर्ष पुरा भएपछि बीमालेखको पहिलो वाषिर्कोत्सव मितिदेखि र बीमितको उमेर ८र९ वर्ष भएमा उनीहरुको उमेर १० वर्ष पुरा भएपछि बीमितको मृत्यु जोखिम प्रारम्भ हुन्छ । बीमितको उमेर १०, ११ वर्षभएमा उनीहरुको बीमाको वाषिर्कोत्सव मितिदेखि मात्र बीमालेख अर्न्तर्गत बीमितको मृत्यु जोखिम सुरु हुन्छ ।

 

बीमा शुल्क छुट सुविधा
केटाकेटी सावधिक जीवन बीमा र छोराछोरी अग्रिम सावधिक जीवन बीमा अन्तर्गत अतिरिक्त बीमा शुल्क तिरी बीमा शुल्क छुट सुविधा लिन सकिन्छ । यस्तो सुविधा उपभोगको लागि बीमालेख प्रारम्भ भएपछि बीमा प्रस्तावकको मृत्यु भएमा वा बीमालेख साथ संलग्न अनुसूचीमा उल्लेख भए बमोजिम दुर्घटनाको कारणबाट अशक्त र अपाङ्ग भएमा बाँकी बीमा अवधिको लागि बीमालेख अन्तर्गतको बीमाशुल्क भुक्तानी छुट प्रदान गर्दछ । यस्तो सुविधाको लागि बीमाङ्क रकम पाँच लाख रुपैयाँको सिमांकन कायम गरिएको छ ।

 

जोखिम बहन सुविधा
जीवन बीमाका ग्राहकको आकांक्षा अनुरुप छोरा छोरीको जीवन बीमा योजना अन्तर्गत बीमा प्रस्तावकको मृत्यु जोखिम बीमालेखमा समावेश गर्न पाउने व्यवस्था गरिएको छ । यस योजना अन्तर्गत थप शुल्क तिरी बीमा प्रस्तावकको मृत्यु जोखिम वहन गराएमा बीमा अवधि भित्र बीमा प्रस्तावकको मृत्यु भएमा बीमितको उमेर २२ वर्ष पुगेपछि थप जोखिम बहन सुविधा वापतको रकम एक मुष्ट बीमितलाई भुक्तानी गर्दछ ।

 

ऐच्छिक सुविधाहरुको लागि बीमाङ्क रकमको सिमाङ्कन
केटाकेटीको शिक्षा र विवाह सावधिक जीवन बीमालेखमा बीमाशुल्क छुट सुविधा रहेको छ । छोराछोरी शिक्षा र विवाह अग्रिम सावधिक जीवन बीमालेखमा थप जोखिम बहन सुविधाको लागि बीमाङ्क रकम पाँच लाख रुपैयाँ मात्र सिमाङ्कन गरिएको छ । तर्सथको सुविधा समानुपातिक रुपमा लिनु पर्नेछ । प्रस्तावकको उमेर ६० वर्षभन्दा पछिको लागि यस्तो सुविधा दिइने छैन ।

 

 

 

समाचार

सबै

पुनर्बीमा कम्पनीको चौथो साधारण सभा सम्पन्न

काठमाडौ । वीमा कम्पनीहरुको जोखिम न्यूनिकरणको लागि स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीको चौथो बार्षिक सधारणसभा गत हालै सम्पन्न भएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको सधारणसभामा गत आर्थिक.....

नेपाल लाईफको नयाँ बीमा योजना, प्रत्येक वर्ष खर्च, अवधी पश्चात पुरै भुक्तानी

बीमा न्यूज/काठमाडौं । जीवन बीमा कम्पनीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना बजारमा ल्याएको छ ।.....

एशियन लाइफको दुई लाख २१ हजार कित्ता हकप्रद लिलाममा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रीका लागि.....

प्रभु इन्स्योरेन्समा बीमा गर्दा बि एण्ड सी अस्पतालमा नगदरहित उपचार पाइने

काठमाडौं । निर्जिवन बीमा कम्पनी प्रभु इन्स्योरेन्समा बीमा गरेका सेवाग्राहीहरुले अब पूर्वको चर्चित बी एण्ड सी.....

गण्डकी विकास बैंकबाट अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । ख बर्गको वित्तिय संस्था गण्डकी बिकास बैंक र निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सबीच बीमा सेवा.....