बीमा न्युज,
काठमाडौं । सगरमाथा इन्स्योरेन्सले पुस २१ गते साधारण सभा गर्ने भएको छ । कम्पनीले अधिकृत पुँजी एक अर्व ५० करोडबाट बढाएर दुई अर्व पुर्याउने र जारी पुँजी एक अर्वबाट बृद्धि गरी एक अर्व ५० करोड रुपैंया पुयाउने प्रस्ताव गर्दैछ ।
गत आर्थिक बर्षमा २५ करोड ५५ लाख मुनाफा कमाएको कम्पनीले यो बर्ष आफ्ना सेयरधनी हरुलाई कुनै लाभांश वितरण नगर्ने भएको छ । विगतका दुई आर्थिक बर्षहरुमा क्रमश २३ प्रतिशत र २२ प्रतिशतका दरले बोनस बाँडेको कम्पनीले गतबर्षको कमाईबाट बोनस नबाँड्ने निर्णय गरेको हो ।
कम्पनीको प्रबन्धपत्रमा संशोधन गरी अधिकृत तथा जारी पुँजी बृद्धि गर्ने प्रस्ताव साधारण सभामा गर्ने भएको छ । साधारण सभाको लागि कम्पनीले पुस सात गते देखि २१ गते सम्म बुक क्लोज गर्ने भएको छ ।
हाल कम्पनीको चुक्ता पुँजी ५३ करोड ८२ लाख ९२ हजार रुपैंया रहेको छ । कम्पनीलाई बीमा समितिले ताकेको एक अर्व चुुक्ता पुँजी पुर्याउन अझै ४६ करोड १७ लाख आठ हजार रुपैंया आवश्यक रहेको छ ।
चालु आर्थिक वर्षको पहिलो त्रैमासिक यो कम्पनीले तिन करोड २६ लाख ९७ हजार रुपैंया खुद नाफा गरेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ४७ रुपैंया ४८ पैंसा र प्रतिसेयर नेटवर्थ दुई सय ३६ रुपैंया ६२ पैंसा रहेको छ ।