Nepal Life Insurance

स्वास्थ्य बीमा र नेपालको सन्दर्भ

प्रकाशित मिति: २८ मंसिर २०७४, बिहीबार १३:१९

Beema News

१६२१ पटक पढिएको

 

कमल रेग्मी
निर्देशक
बीमा समिति

 

राज्य संचालनका लागि आवश्यक जनशक्ति स्वस्थ्य भए देश र जनता दुवै लाभान्वित हुने सोचबाट विश्वका अधिकांस देशमा स्वास्थ्य बीमालाई सामाजिक सुरक्षाको रुपमा राखि राज्यले निशुल्क रुपमा उपचार वा उपचार खर्च उपलब्ध गर्ने गरेको छ । स्वास्थ्य बीमा कार्यक्रमलाई सबैका लागि स्वस्थ्य भन्ने सन् १९७८ मा माल्टा सम्मेलनको नाराबाट थप आर्कषण एवं अनिवार्य भएको हो । नेपालमा स्वास्थ्य बीमालाई वि.सं. २०७१ सर्वसाधारणको योगदानको आधारमा परिक्षणको रुपमा संचालन गर्दै आएको छ । हाल पच्चिस जिल्ला भन्दा बढिमा यसको सेवा पुगी सकेको छ भने आगामी दिनमा अधिराज्यव्यापी बनाउने सोचका साथ स्वास्थ्य बीमा समिति लागि परेको छ । नेपालको संविधानले प्रत्येक नागरिकलाई राज्यबाट आधारभुत स्वास्थ्य सेवा निःशुल्क, प्राप्त गर्ने एवं यसमा सबैको समान पहुँचलाई मौलिक हकका रुपमा स्वीकार गरेकोले त्यसको कार्यन्वयन गर्नु संवैधानिक कर्तव्य नै रहेको छ । यसको सफल कार्यान्वयनमा नेपाल सरकार, नियमक निकाय, मिडिया, सर्वसाधारण र सरोकारवालाहरुको साथ सहयोग हुन आउँदछ ।

पृष्ठभुमि
स्वास्थ्य बीमा भन्नाले स्वास्थ्य सेवाको खर्चलाई परिवारले धान्न सक्ने अवस्थामा ल्याउने, स्वास्थ्य समस्याका कारणले हुन सक्ने आर्थिक जोखिमलाई न्यूनिकरण गर्ने कार्यक्रमलाई बुझाँउछ । विरामी भएको वेला उपचारमा हुन सक्ने ठूलो खर्च धान्न कठिन नहोस भनेर पहिले नै रकम योगदान मार्फत राज्य वा बिमा कम्पनी (बिमक)लाई भुक्तानी गरी व्यक्ति,परिवारले जोखिम व्यवस्थापन गर्ने गरिन्छ । सामाुहिक योगदान हुने र सवैलाई एकै पटक रोग लागी उपचार समेत गराउन नपर्न सक्ने हुँन्छ । यसरी एउटाले योगदान गरेको न्युनतम रकम (बीमा शुल्क) संकलन भइ ठुलो कोष खडा गर्न सकिने र सोही कोषबाट भविष्यमा रोग लागी उपचार गराउनु पर्दा अन्य व्यक्ति वा परिवार (बीमित) ले सहयोग पार्ई ठुलो राहत मिल्ने बीमाको सिद्धान्त अनुसार यो कार्यक्रम संचालन हुने गर्दछ ।

यस्ता कार्यक्रमबाट राज्यको ठुलो धनराशी जनताको स्वास्थ्य उपचारमा हुने खर्च रकमको बचत भइ देश विकाशको कार्यमा लगानी गर्न सकिन्छ भने अर्को तर्फ सर्वसाधारण सहजै उपचार गर्न, गराउन पाउने यसको लाभका रुपमा यो बीमा कार्यक्रम रहेको छ । साम्ुहिक कोषको अवधारणाबाट कोषको रकम समेत बृद्धि हुदै जाने हुँदा भविष्यमा अन्य प्रकारका रोगको उपचार गर्न सेवा,सुविधा समेत बृद्धि गर्न सकिन्छ । उपचारका थप सेवा प्रदान गर्न राज्यको रकम आवश्यक नपर्ने तर दिर्घकालमा राज्य एवं जनता दुवै लाभान्वीत हुन सकिन्छ । स्वस्थ्य बीमा कार्यक्रम विश्वको धेरै देशमा लागू भई सफल रुपमा संचालनमा भइ रहेको तथ्य हामी इन्टरनेट वा अन्य संचार माध्यमबाट थाहा पाईरहेकै छौं । सन् १९७८ मा भएको आल्मा आटा ९ब्mिब ब्तब० सम्मेलनले सन् २००० सम्म “सबैंका लागि स्वास्थ्य” कार्यक्रम मार्फत प्राथमिक स्वास्थ्य सेवा पुर्याउनु सबै देशले नीति, कार्ययोजना बनाई लागु गर्नु पर्ने, विश्वका अधिकाशं देशमा स्वास्थ्य उपचारको क्षेत्रमा गर्ने, गराईने स्वास्थ्य बीमालाई अनिवार्य रुपमा संचालन गर्दे आउन थप उर्जा एवं परिवन्द पर्दै आएको यसका जानकारहरु बताउनुहु्न्छ । नेपालमा लोकतन्त्रको स्थापना एवं अन्तरिम संविधानमा स्वास्थ्यलाई मौलिक हकको रुपमा अंगिकार गरे पश्चात स्वास्थ्य बीमालाई २०७२ सालबाट छुट्टै स्वतन्त्र निकाय (सामाजिक स्वास्थ्य सुरक्षा विकास समिति) गठन गरी नियमित रुपमा विस्तार एवं संचालन गर्दै आएको छ । यसको विकास र नियमित रुपमा कार्यक्रम मार्फत दुर्गम, बिकटका सर्वधारण, गरीब, पिछडिएको वर्ग, क्षेत्र, अपांग, महिला, दलित, जनजनजाति, पिछडावर्ग आदिसम्म पुर्याई लोकतन्त्रको लाभ सबैमा पुर्याउनु नेपाल सरकारको कतव्र्यका रुपमा रहेका छ ।

स्वास्थ्य बीमा कार्यक्रमका संचालनका विधि, मोडालिटि वा प्रकार
स्वास्थ्य बीमा कार्यक्रम अन्र्तगत विभिन्न स्वास्थ्य बीमालेख (Policy) को माध्यमबाट विभिन्न मोडालिटिमा संचालन गर्न सकिने भएकोले देहायको आधारमा चर्चा गरिएको छ । यस्ता बीमालेख राज्यको निकायबाट र ब्यापारिक (जीवन बीमा ब्यवसाय गर्ने एवं निर्जिबन बीमा ब्ययसाय गर्ने बीमक मार्फत) दुवै माध्यमबाट संचालनमा ल्याउने अन्तराष्टिय प्रचलन र अभ्यास रहि आएको छ । यस्ता कार्यक्रमहरुको मोडालिटि, प्रकृया, विधि झट्ट हेर्दा फरक जस्तो लागे पनि सारमा व्यापारिक वा लोक कल्याणकारीका रुपमा नै रहेर संचालन गरिएको पाईन्छ । सबैलाई थाहा नै भएको कुरा हो, बीमा एक करार हो । करार फरक फरक भए पनि सोही करारको परिधि भित्र रहि सेवा शुल्क लिने र सेवा प्रदान गर्ने गरिन्छ । विश्वमा प्रचलनमा रहेका केहि लोकप्रिय विधिहरु तपसिल बमोजिम रहेका छन् ।

क. निःशुल्क विधि ( Free Method)
बीमितले कुनै बीमा शुल्क रकम भुत्तानी विना नै निःशुल्क रुपमा विभिन्न अस्पतालमा उपचारको सुविधा उपलब्ध गर्न पाउने निःशुल्कविधि हो । यस वापत लाग्ने सबै वा केहि बीमा शुल्क रकम राज्यको तर्फबाट अस्पलात वा बीमकलाई भुक्तानी गर्ने गरी सम्झौता गरिएको हुन्छ । सोही करार बमोजीम सेवाग्राहिले उपचार गर्न पाउँछ तर बीमितले रकम भुक्तानी गरिरहनु पर्दैन । अर्थात् सबै शुल्क राज्यले नै भुक्तानी गर्दछ । विश्वका धेरै विकासित राज्य (अमेरीका, जर्मनी, जापान, बेलायत, अष्ट्रेलिया आदि) मा यस्ता कार्यक्रम प्रयोगमा रहेका छन् ।

ख. योगदानमा आधारित विधि ( Contributory Method)
बीमित स्वयंमले आशिंक वा पुरै बीमा शुल्क रकम भुक्तानी गरि बीमालेख खरिद गरी उपचार गरीने विधि हो । राज्यबाट संचालित भएमा राज्यलाई र ब्यापारिक बीमकको तर्फबाट संचालन भएमा उसैलाई रकम योगदान गरी प्रयोगमा ल्याइन्छ । नेपालमा हाल संचालनमा आएको स्वास्थ्य बीमा, नेपाल सरकार, स्वास्थ्य मन्त्रालयबाट संचालित छ । यसले नेपाली नागरिकले निश्चित बीमा शुल्क सरकारको कोषमा जम्मा गर्ने गर्दछ ।
ग. नगद रहित विधि (Cashless Method)
बीमितले उपचार गर्न जाँदा नगद लिएर जानुको सट्टामा बीमकले जारी गरेको परिचयपत्र लिएर स्वास्थ्य संस्थामा गएर उपचार गराउने विधिलाई सामान्य भाषामा नगद रहित भनिन्छ । बीमकले विभिन्न अस्पतालमा सझौता गरि बीमितले नगद साथमा नलिइकन नै उक्त निकायहरुमा गएर उपचार गराउन सक्नेछन् । बीमक (राज्य)ले अस्पतालको बिल भुक्तानी गर्ने छ । यस्तो बीमालेख विश्वमा स्वास्थ्यलाई सामाजिक सुरक्षा कार्यक्रम अन्र्तगत संचालित राज्यमा बढि उपयोगमा रहेकेको छ । यसका लागि देशमा स्वास्थ्य संस्थाको राम्रो पुर्वाधार हुन आवश्यक रहन्छ । यो विधि बीमितको लागी अत्यन्तै सरल, सहज हुने एवं तर बीमकको लागी ब्यवस्थापन गर्न बढि खर्च लाग्न सक्दछ ।

घ. भर्नामा आधारित विधि (Reimbrusement Method)
बीमितले शुरुमा आफ्नो रकम लगानी गरि उपचार गराउने र बीमालेखमा उल्लेखीत शर्तहरुको आधारमा पछि बिल पेश गरी बिमकबाट श्रोत भर्ना लिने गर्दछ । यो विधि विश्वका धेरै निकायमा प्रयोगमा रहेको छ । बीमितलाई केहि बोझिलो (उपचारको लागी लगानी गर्नु पर्ने) हुने तर बीमकलाई सहज हुने देखिन्छ । नेपालमा हाल उपयोगमा ल्याएको विधि यहि हो ।

ड. सुरक्षामा आधारित विधि (Social Health Insurance Method)
राज्यको तर्फबाट संचालित कार्यक्रमका रुपमा यो स्वास्थ्य बीमालेख जारी गरि प्रयोगमा ल्याईने गर्दछ । यस अन्र्तगत योगदानमा आधारीत वा निःशुल्क दुवै समावेश हुन सक्नेछ ।

च. ब्यापारिक स्वास्थ्य बीमा विधि (Commercial Health Insurance Method)
नाफा आर्जनको उदेश्यबाट संचालित निजि वा सरकारी बीमा कम्पनी मार्फत स्वास्थ्य बीमालेख जारी गरी संचालनमा रहने स्वास्थ्य बीमा नै ब्यपारीक हो । धेरैले बीमा शुल्क रकम योगदान गर्ने तर सबैलाई उपचार गराउनु नपर्न सक्ने भएकोले बचत हुन गई बीमकले नाफा आर्जन गर्ने छन् । नेपालमा केहि बीमकबाट यस्ता बीमालेख जारी गरि स्वास्थ्य बीमा संचलानमा ल्याएका छन् । ब्यापारीक बीमक मार्फत राज्यले समेत सामाजिक स्वास्थ्य बीमा वा निःशुल्क स्वास्थ्य बीमाका कार्यक्रमहरु सम्झौता गरी संचालन गर्न भने सक्नेछन् । यसो गर्दा राज्यको थप जनशक्ति समेत आवश्यक नपर्ने र सामाजिक सुरक्षा अन्तगर्त सर्वसाधारण बीमाको सेवा समेत पाउन सक्ने देखिन्छ । विश्वका धेरै राज्यमा यहि मोडेलबाट स्वास्थ्य बीमा कार्यक्रम संचालनमा छन् ।

 

अन्र्तराष्ट्रिय अभ्यास
विश्वमा यो बीमा कार्यक्रम उनाइसौं सताब्दीको शूरुदेखि विकासित राष्ट्रबाट संचालनमा रहेको हो । हाल धेरै देशमा यो योजना प्रचलनमा रहेका छन् । कतिपय देशमा राज्यको तर्फबाट यस्ता कार्यक्रम संचालनमा रहेका छन् भने कतिमा ब्यापारीक बीमा कम्पनीको माध्ययबाट संचलानमा रहेका छन् । युरोपको कुरा गर्दा, जर्मनी विश्वको उत्कृष्ट स्वास्थ्य बीमा कार्यक्रम संचालन गर्ने राष्ट्र मध्येको एक हो । करिब नब्बे प्रतिशत भन्दा बढि आवासीयहरुले यो स्वास्थ्य बीमा अनिवार्य रुपमा राज्यको तर्फबाट पाईरहेको तथ्यांकले देखाएको छ । अर्को राष्ट्र फ्रान्समा समेत यसको उत्कष्ट नमुनाको रुपमा कार्यक्रम संचलानमा रहि आएको छ ।

अमेरीका
विश्वको आर्थिक साम्रज्य एवं सामाजिक सुरक्षाको अनुपम नमुना रहेको देश अमेरिकामा स्वास्थ्य बीमा कार्यक्रमको खर्च कुल ग्राहस्र्थ उतपादन(न्म्ए )को लगभग सोह्र प्रतिशत भन्दा बढि रहेको छ भन्ने अभिलखेबाट देखिएको आधारमा स्वास्थ्य बीमाको मजबुति सहजै अनुमान लगाउन सकिन्छ । त्यहाँ दोश्रो विश्व युद्ध पछि अर्थात सन् १९४० देखि नै स्वास्थ्य बीमालाई प्रयोगमा ल्याइरहेको छ । अमेरीकाले जेष्ठ नागरिकको लागि मेडिकेयर (Medicare) र गरिबका लागी मेडिकेड (Medicate) नामक कार्यक्रम मार्फत सबै राज्यमा संचालनमा ल्याएको छ ।
जापान
एशियाको आर्थिक टाइगर वा विश्वको तेश्रो आर्थिक सामराज्य जापानको कुरा गर्दा सन् १९६१ देखि नै स्वास्थ्य बीमालाई प्रचलनमा ल्याईरहेको छ । त्यहाँ संचालित स्वास्थ्य बीमा कार्यक्रम मध्ये (Society Manage HI), (Govermentment HI), (National HI), (Long Life HC System) लोकप्रिय रहेका छन् । यी मध्ये एकबाट प्रत्येक नागरिकले स्वास्थ्य बीमाको सेवा लिन सक्ने छ ।

चिलि
दक्षिण अमेरीकी महादेशको कुरा गर्दा चिलीमा यस्ता कार्यक्रम सन् १९८० को दशकबाट नै संचलानमा रहेको र लगभग ९७ प्रतिशत नागरिक यस कार्यक्रमबाट लाभान्वित भएको तथ्यांकले देखाउँदछ । यहाँ संचालित मुख्य स्वास्थ्य बीमा कार्यक्रम मध्ये पोनासा (FONASA) जुन पब्लिक हेल्थ सिष्टम वा सरकारी निकायद्धारा संचालित कार्यक्रम अन्तगर्त रहेको छ । यसले कुल जनसंख्याको लगभग ६७ प्रतिशत हिस्सा ओगटेको छ । अर्काे इसाप्रेस (ISAPRES) जुन निजि ब्यापारीक बिमकद्धारा संचालित कार्यक्रमका रुपमा रहेको छ । यसको हिस्सा पोनासाको तुलनामा केहि कम रहेको देखिन्छ । दुवै सरकारी तथा निजि कार्यक्रमको नियमन (Regulate) चाहिं इसाप्रेस मार्फत नै गर्दछ भनि उल्लेख गरिएको छ ।

भारत
बीमा क्षेत्रमा दक्षिण एशियाली रोल मोडलका रुपमा रहेको भारतमा सन् १९४८ देखि नै यस्ता कार्यक्रम संचालनमा रहि आएका छन् । यहाँ के छैन भन्ने मात्र होला विश्वका आधुनिक र लोकप्रिय कार्यक्रमहरु प्रायः संचलानमा रहेको अभिलेखबाट प्रष्ट हुन सकिन्छ ।

कार्यक्रम संचालन गर्ने विधि
स्वास्थ्य बीमा मुख्यतया दुई मोडालिटिबाट संचालन गर्न सकिन्छ । पहिलो राज्यको तर्फबाट भने अर्को बीमा कम्पनी मार्फत गरिने गरिन्छ ।
त्यसै गरी Reimbursement (श्रोध भर्नामा आधारीत) अर्थात् उपचारमा लागेको खर्चको भुक्तानीलाई फिर्ता गर्ने विधिबाट संचालन गरिन्छ भने अर्को  नगद रहित (Cash less) रुपमा स्वास्थ्य उपचारको ब्यवस्था हुने गरी बीमालेखको माध्यमबाट विभिन्न अस्पतालमा सम्झौताको माध्यमबाट उपचारको ब्यवस्था मिलाएर स्वास्थ्य बीमा गर्ने गरिन्छ ।

नेपालको सन्दर्भ
सामान्यतया जनतालाई दिईने स्वास्थ्य बीमा निःशुल्क रुपमा संचालन हुन गरेकोे अन्र्तराष्ट्रिय प्रचलन रहेको छ । नेपाल आर्थिक रुपमा सम्पन्न नभएको एवं भएको श्रोत, साधन समेत तत्कालका लागि अन्य पुर्वाधारमा लगानी गर्नु परेको कारणबाट जनताले बीमा शुल्क योगदान गरी कार्यक्रमा संचालनमा ल्याएको छ । अन्र्तराष्ट्रिय विकास साझेदार संघसंस्था GIZ, KOICA, WHO, World Bank, Save the Children लगायतका निकायबाट आर्थिक तथा प्राविधिक सहयोग भएको उल्लेख गरेको बार्षिक प्रतिवेदनमा उल्लेख गरेको छ । नेपाल सरकारले २०७१ सालमा स्वास्थ्य सुरक्षा विकास समिति गठन आदेश जारी स्वास्थ्य मन्त्रालय अन्र्तगत स्वास्थ्य सचिवको अध्यक्षतामा सात सदस्यीय एक विकास समिति गठन गरी त्यसै मार्फत संचालनमा ल्याएको थियो । उक्त गठन आदेश २०७२ नियमावलीमा परिणत भएको थियो भने हालै २०७४ कार्तिक १ मा गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्ने नागरिकको अधिकारको संरक्षण गर्न, स्वास्थ्य बीमाद्वारा पूर्व भुक्तानीको माध्यमबाट बीमितको आर्थिक जोखिम न्यूनीकरण गर्न तथा स्वास्थ्य सेवा प्रदायकको दक्षता र जवाफदेहीता अभिवृद्धि गरी स्वास्थ्य सहज पहुँच सुनिश्चित गर्ने उदेश्यबाट स्वास्थ्य बीमा ऐन लागु भएकोे छ । शुरुमा सचीवको अध्यक्षतामा गठन भएको बोर्ड हालको ऐनमा भने नेपाल सरकारले तोके बमोजिम हुने ब्यवस्था गरेको छ ।

नेपाल सरकारले स्वास्थ्य बीमा लागु गर्न स्वास्थ्य सेवामा मूलतः गरिब तथा सिमान्तकृत जनता र लक्षित वर्गको पहूँच र समता अभिवृद्धि गर्ने, समतामूलक रूपमा वित्तीय साधन परिचालन गर्दै राष्ट्रिय स्वास्थ्य बीमा कार्यक्रमद्वारा पूर्व भुक्तानी तथा जोखिम एकीकृत गर्ने संयन्त्रको प्रर्वद्धन गर्ने, स्वास्थ्य क्षेत्रमा हुने खर्चलाई उपलब्धिमूलक बनाउन एवं स्वास्थ्य सेवाप्रवाहमा दक्षता, प्रभावकारिता र जवाफदेही तथा गुणस्तर बढाउन अभिप्रेरित गर्ने, स्वास्थ्य सेवाको एकीकृत रूपमा सुदृढीकरण गर्ने , सेवा प्राप्त गर्ने स्पष्ट कार्यविधि, जनचेतना अभिवृद्धि र स्वास्थ्य सेवाग्रहण गर्ने अभ्यासमा परिवर्तनका लागि जनचेतना जगाई नागरिकको स्वास्थ्य सेवा उपयोग गर्ने व्यवहारमा सुधार ल्याउनु रहेको उल्लेख गरिएको छ ।

क) नियमन तथा ब्यवस्थापन

यस कार्यक्रमकोे ब्यवस्थापकीय कार्य गर्नका लागी केन्द्रमा कार्यकारी निर्देशकको नेतृत्वमा कार्यलय स्थापना गरी संचालन गर्दै आएको छ । जिल्ला र स्थानीयस्तरका कार्यलयहरु समेत स्थापना गरी कार्य सहजिकरण गरिएको छ । त्यस्तै कार्यक्रमका नियमन गर्न तीन तहमा संरचनाको ब्यवस्था गरेकोछ । केन्द्रमा सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिको वोर्ड र एक गुणस्तर नियन्त्रण तथा अनुगमन समिति रहनेछ । जसले सेवा प्रदायक संस्थाको दावीको पुनरावलोकन तथा सिफारिस गर्ने, अनुगमन र मूल्यांकनको कार्य गर्दछ । जिल्लामा जिल्ला स्वास्थ्य सुरक्षा संयोजन समिति र स्थानीयस्तरमा रहेका स्वास्थ्य संस्थामा रहेको व्यवस्थापन समितिले स्थानीय स्वास्थ्य सुरक्षा संयोजनको कार्य गरी कानुनी तथा ब्यवस्थापकीय रुपमा रहेकोछ ।प्रारम्भमा नमुनाको रुपमा कार्यक्रम केहि जिल्ला (इलाम, बाग्लुङ्ग र कैलाली) संचालन गरी विस्तारै हाल पच्चिस जिल्लामा विस्तार हुँदै आएको त्यहाँबाट प्रकासित बार्षिक प्रतिवेदनबाट जानकारी भएको छ ।

ख) कार्यक्रमबाट प्राप्त सेवा,सुविधा र लाग्ने शुल्क
यस कार्यक्रममा सर्व साधारणले बार्षिक रु २,५०० ।— भुक्तानी गरी बढिमा पाँच जना सदस्यहरुको लागी रु ५०,०००।— सम्मको औषधि तथा उपचारको सुवधिा उपभोग गर्न पाउने गरी ब्यवस्था गरेको पाईन्छ । पाँँच भन्दा बढि सदस्यको हकमा प्रति सदस्य रु ४२५ का दरले अतिरिक्त शुल्क लिई प्रति सदस्य रु १०,०००। बरबरको सुविधा उपभोग गर्न पाउने ब्यवस्था गरिएको छ । तर कुल रु १०००००। भन्दा बढि रकम भने पाईने छैन ।

ग) सेवा सुविधाको भुक्तानी पाउने पाउने र नपाउने रोगहरु

स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत प्रदान हुने सेवाहरु मध्ये योग, पोषण शिक्षा, बानी व्यहोरा सुधार, मनो–सामाजिक परामर्श जस्ता प्रवद्र्धनात्मक सेवा, खोप, परिवार नियोजन, सुरक्षित मातृत्व जस्ता प्रतिकारात्मक सेवा, बहिरङ्ग, भर्ना उपचार, आकस्मिक, शल्यक्रिया, औषधि, स्वास्थ्य सहायता उपकरण जस्ता उपचारात्मक सेवा र निदानात्मक वा पुनस्र्थापना सम्बन्धी सेवा रहेका छन् भने समावेश नहुने सेवामा तोकिएको मूल्य भन्दा बढी रकमका चस्मा, श्रवणयन्त्र लगायतका स्वास्थ्य सम्बन्धी सहायक यन्त्र, प्लास्टिक सर्जरी, कृत्रिम गर्भाधान सेवा,एम्बुलेन्स सेवा र तोकिए बमोजिमका अन्य सेवा रहेका छन् ।

घ) बीमा व्यवस्थापन सूचना प्रणाली

यस कार्यक्रमको व्यवस्थापन गर्न बीमा व्यवस्थापन सूचना प्रणाली तयार गरिएको छ । सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिले यस प्रणाली मार्फत सम्पूर्ण सेवाको सूचना संकलन र व्यवस्थापन गर्ने गर्दछ । यो इन्टरनेटमा आधारित सूचना प्रणाली हो ।कार्यक्रममा सहभागी भएका सदस्य, आबद्ध स्वास्थ्य सेवा प्रदायक, प्रयोग गरेको सेवा, दाबी आदिको रेकर्ड यस प्रणाली अभिलेख हुने गर्दछ । यसैमा प्राप्त अभिलेखका आधारमा सदस्यता दर्ता तथा नविकरण, दावी व्यवस्थापन, पृष्ठपोषण, प्रतिवदेन लगायतका कार्यहरुको व्यवस्था गर्ने गरि रहेको छ । अत्याधुनिक सूचना प्रबिधिको प्रयोग गरिने भएकोले सूचना प्रविष्टि तथा समिक्षामा हुन सक्ने गल्तिलाई औल्याउन मद्दत समेत गर्ने गर्दछ । चौविसै घण्टा सम्बन्धित सूचनाहरुयस प्रणाली मार्फत प्रवाह भइ रहन्छन् । यस प्रणलीमा स्मार्ट (मोबाइल) फोनबाट पनि सुचना आदान प्रदान गर्न सकिने गरीसबैको पहुँच मिलाएको छ ।

ड.) गरिब परिचय पत्रको आधारमा छ्टको ब्यवस्था
नेपाल सरकार सहकारी तथा गरिबी निवारण मन्त्रालयबाट प्राप्त गरेको अति गरिब, गरिब र जोखिममा परेका परिवारको परिचयपत्रको आधारमा यस कार्यक्रमको सदस्य बन्न चाहेमा सो परिचय पत्रको आधारमा यस कार्यक्रममा सदस्य बनाउन सकिनेछ । यस्ता परिवारका सदस्यले यस नियमावलिको अनुसुची–४ बमोजिमको योगदान बापतको रकममा क्रमशः सय प्रतिशत, पचहत्तर प्रतिशत र पचास प्रतिशत योगदान रकममा छुट पाउने गरी प्रस्ताव गरिएको छ ।

 समस्या ,चुनौती
नेपालमा स्वास्थ्य बीमा सरकारी तर्फबाट सर्वप्रथम लागु गरे पनि योगदानमा आधारीत धेरै बीमा कम्पनीहरुले यस्तो बीमालेख बीक्री गरि आफ्नो ब्यवसाय संचालन गरि रहनु भएको सबैलाई जानकारीमा नै होला । बीमा समिति नियमनकारी निकाय मार्फत कम्पनीकोदर्ता ,संचलान र नियमनबाट यस्ता कार्यक्रमहरु सफल रुपमा नेपाली माझ पुगेका छन् । नेपालीमा यसको चेतना र अभ्यासको कमि रहेकोले शुरुका दिनमा केहि असजिलो महशुस भएको देखिन्छ । यसको लागी आवश्यक दक्ष जनशक्तिको कमि पनि यसको समस्याका रुपमा रहेका छन् । सर्वसाधारणमा यस कायक्रमलाई प्रभावकारी रुपमा संचालनमा ल्याउनु चुनौतीको रुपमा रहेकोछ ।

अबको बाटो
यसलाई नेपाल सरकार, बीमा समिति, बिमा कम्पनी(बिमक), बिमक संघ, विज्ञ,सर्वसाधारण, मिडिया सबै मिलि सफल रुपमा संचालन गरी नेपालको गरिबीलाई २१.८ प्रतिशतबाट क्रमशः झारी नेपाललाई सन् २०२२ सम्ममा अल्पविकसित राष्टबाट विकासन्मुख राष्टमा स्तर उन्नति गर्नु ,गराउनु सबैको कतव्र्य रहन्छ । यसका लागि चेतना फैल्याउने, जनशक्तिलाई अल्पकाल, मध्यकालिन र दीर्घकालीन तालिमको ब्यवस्था गर्ने एवं यस क्षेत्रमा अनिमित रुपमा दावि( रकम माग्ने) आउन सक्ने पक्षमा नियमनकारी निकायबाट अनुगमन, मुल्यांकन गरि अगाडि बढ्नु पर्ने देखिन्छ ।



सन्दर्भ सामाग्रीहरु
१.स्वास्थ्य बीमा सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन , २०७४
२.सामजिक स्वास्थ्य सुरक्षा विकाश समिति (गठन आदेश) २०७१
३.“सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रम (संचालन) (दोश्रो संशोधन) नियमावली, २०७३”
४.सामाजिक स्वास्थ्य सुरक्षा विकास समिति
टेकु, काठमाण्डौबाट प्रकासित बार्षिक प्रतिवेदन , २०७३।७४
५.भारतीय बीमा संस्थान,बीमा क्षेत्रसंग सम्बन्धीत प्रकासनहरु (आइ.सि.०२,११,१४,२७,८१ आदि)

६.बीमा ऐन २०४९ र बीमा नियममवली २०४९, कानुन ब्यवस्था किताब समिति,

 

१३. स्वास्थ्य रणनीति योजना २०७२—७७,सामजिक स्वास्थ्य सुरक्षा विकाश समिति ।

१४. Insurance Regulatory Development Authority of India’s Website, www.IRDA.gov.in

१५. International Association Insurance Supervisors’ website, www.iaisweb.org

 

 

 

 

समाचार

सबै

बीमा कम्पनीको संख्या दोब्बर हुँदा पनि मुनाफाको आकार बढ्यो

मुनाफको आधारमा नेपाल लाईफ पहिलो, शिखर इन्स्योरेन्स दोस्रो स्थानमा काठमाडौं । चालु आर्थिक वर्षको पहिलो छ महिना समग्र बीमा क्षेत्रको लागि खुशीको खवर छ । बीमाको पहुँच आम समुदायसँग उल्लेख्य मात्रामा बृद्धि.....

सन नेपाल र कञ्चन डेभलपमेन्ट बैँकबीच बैँकास्योरेन्स सम्झौता

काठमाडौँ । कञ्चन डेभलपमेन्ट बैंकबाट सन नेपाल लाइफको बीमा सुविधा पाइने भएको छ । सन नेपाल लाईफ इन्स्योरेन्स र.....

लुम्बिनी जनरल इन्स्योरेन्स र सहकारी बैंकबीच सम्झौता

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी र राष्ट्रिय सहकारी बैंकबीच बीमा सेवा आदान प्रदान गर्ने सम्बन्धमा.....

नेपाल इन्स्योरेन्स कम्पनीको हकप्रद फागुन २१ देखि

काठमाडौं । निर्जिवन बीमा कम्पनी नेपाल इन्स्योरेन्स कम्पनीमा हकप्रद सेयरमा लगानी गर्न इच्छुक लगानीकर्ताहरुले.....

खेलाडीको बीमा गरेर मुवा थाई प्रतियोगिता

काठमाडौं । खेलकूद प्रतियोगिताको क्रममा खेलाडीहरु घाइते हुनसक्ने र सम्भावित उपचार खर्च बापतको रकमको जोखिम बीमा.....