बीमा न्युज,
काठमाडौं । एभरेष्ट इन्स्योरेन्स कम्पनीले आफ्नो शेयरधनीहरुलाई बोनस दिने भएको छ । कम्पनीले शेयरधनीहरुलाई १० प्रतिशत बोनस शेयर दिने भएको हो ।
बोनस शेयरसंगै कम्पनीले कर प्रयोजनको लागि छ लाख ३९ हजार चार सय ७४ रुपैयाँ नगद लाभांश दिने निर्णय पनि गरेको छ । कम्पनी सञ्चालक समितिको मंसिर २८ गते बसेको बैठकले गत वर्षको मुनाफाबाट शेयरधनीलाई लाभांश दिने प्रस्ताव गरेको थियो ।
कम्पनी सञ्चालक समितिको प्रस्तावलाई बीमा समितिले स्वीकृति तथा कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गर्नु पर्दछ ।