बीमा न्युज,
काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले हकप्रद शेयर निष्कासन गर्ने भएको छ । कम्पनीले एक कित्ता बराबर ०.३० कित्ता अनुपातमा १२ करोड ८३ लाख रुपैयाँ बराबरको १२ लाख ८३ हजार कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो ।
कम्पनीको हकप्रद शेयरको लागि आउदो पुस १६ देखि माघ २१ गते सम्मका लागि निष्कासन गर्न लागिएको हो ।
हकप्रद निष्कासनपछि कम्पनीको चुक्तापुँजी ५५ करोड ५९ लाख ८४ हजार रुपैयाँ हुनेछ । कम्पनीले आउदो असारसम्म चुक्तापुँजी एक अर्ब रुपैयाँ पुर्याउनु पर्ने हुन्छ ।