Nepal Life Insurance

बीमा कम्पनी प्रमुख कार्यकारी अधिकृतको तलब, भत्ता र सुविधा ; एक बिश्लेषण

प्रकाशित मिति: २९ मंसिर २०७४, शुक्रबार १४:०२

Beema News

 

कमल रेग्मी
निर्देशक
बीमा समिति

 

उत्पादनका साधन मध्ये सबैभन्दा महत्वपुर्ण साधनका रुपमा मानव संसाधनलाई लिइन्छ । भएका अन्य साधन, श्रोतहरुको अधिकतम परिचालन गरी उत्पादन तथा उत्पादकत्व बृद्धि गरि समग्र परिणाम निकाल्न कर्मचारीको अविश्मरणिय भुमिका रहन्छ ।

ब्यापार, ब्यवसायलाई बजारको आवश्यक्ता, चाहाना अनुरुप ग्राहक (सेवाग्राहि)को सन्तुष्टि प्रदान गर्दै नाफा आर्जन गर्नमा त्यसका प्रमुख कार्यकारी अधिकृत (सीइओ) को योगदानलाई सबैले स्वीकार गरेको बिषय हो । सीइओले त्यस्ता संस्था, निकायका अन्य मानव संसाधन लगायत अन्य साधन श्रोतको अधिकतम परिचालन गरि संस्थाको सेवा प्रभावहमा अवल कायम गर्दै अधिकतम नाफा आर्जन गर्ने प्रमुख जिम्मेवारी रहन्छ । नीजले संस्थामा गरेको योगदानको आधारमा पारीश्रमिक कति, के हुने भन्ने बिषय कम्पनीको आन्तरिक ब्यवस्थापनको बिषय हो ।

निजि कम्पनी भए पनि सर्वसाधारणको प्रत्यक्ष, परोक्ष रुपमा सरोकार र हक, हित जोडिने कम्पनीका सीइओको तलब, भत्ता तोक्ने जिम्मा कम्पनीलाई संचालक समिति वा सरोकारवाला पक्षलाई स्वतन्त्रता दिंदा कुनै रुपमा सर्वसाधारणको हितमा आँच आउने हो की भनि सम्बन्धित नियमनकारी निकायबाट सो बिषयमा केहि मान्यता, मार्गदर्शन, निर्देशनहरु जारि गर्ने र त्यसको परिधिभीत्र रहि निजको सेवा, सुविधा तोक्ने प्रचलन विश्वका अधिकाशं देशमा रहि आएको छ ।

बिशेषतः बीमा ब्यवसाय गर्ने कम्पनी (बीमक)को सीइओको तलब, भत्ता निर्धारणबाट बीमित (बीमालेख खरिद गर्ने) को हक, हितमा प्रत्यक्ष, परोक्ष रुपमा असर गर्न सक्ने मान्यता, बुझाई रहेकोले नियमनकारी निकायले यस्ता मार्गदशनहरु तयार गरि बीमकलाई नियमन, नियन्त्रण गर्नेे अभ्यास विश्वमा रहि आएको यसका जानकारहरु बताउनु हुन्छ ।

नेपाल राष्ट बैंकले समेत बैंक, वित्तीय संस्थाका सीइओको तलब, भत्ता सम्बन्धमा समय समयमा निर्देशन गदै आएको छ । त्यसै सन्र्दभमा नेपालको बीमा नियमनकारी निकाय बीमा समितिले केहि समयदेखि बीमकका सीइओको तलब, भत्ता र सविधाको मार्गदर्शन, निर्देशनात्मक आदेश गर्दै आएको छ । बीमकको संस्थागत सुशासन निर्देशीका २०७३ मा यस सम्बन्धि केहि मार्गदर्शन र निर्देशनहरु समावेश गरेको छ । नेपालको बीमा बजारमा बीमकहरुको संख्या यस बर्ष जीबन बीमा कम्पनी तर्फ नौ वटा र निर्जिबन बीमा कम्पनी तर्फ केहि कम्पनीले पुर्व स्वीकृति पाई हाल बजारमा लगभग चालिसको हाराहारीमा बिमकहरु कारोबार गरि रहेका र गर्ने क्रममा रहेका छन् । यसबाट बीमाको विकास, विस्तार र आधुनीकिकरण हुने कुरामा सबैको आशा, भरोषा रहेको छ ।

नयाँ कम्पनीहरुको दर्ता, संचालनसंगै बीमकका सीईओको तलब, भत्ता र सुविधा बैंक वित्तिय संस्था र अन्य संस्थाको तुलनामा केहि कम रहेको प्रतिक्रिया आई रहेको समयमा बीमा समितिले छुट्टै “बीमकको कार्यकारी प्रमुखको तलब, भत्ता तथा अन्य सुविधा सम्बन्धि मार्ग दर्शन २०७४” जारी गरेको छ । सीईओको तलब, भत्ता, सविधालाई (क) बार्षिक तलब, भत्ता, (ख)कार्य सम्पादनमा आधारति पारिश्रमिक, (ग) बीमा सम्बन्धि सुविधा र अन्य सुविधा गरि मुख्यतया चार भागमा विभाजन गरेर उपलब्ध गराउनु पर्ने ब्यवस्था मार्गदर्शनमा उल्लेख गरेको छ । तलब, भत्ताको प्रष्ट अंक भने उल्लेख नगरिएको तर विगतदेखि नै संचालन रहेका(पुराना) बीमकको हकमा खाईपाई आएको तलब, भत्तालाई सुरक्षीत गर्दै नयाँ ब्यवस्था गरिएको छ । हालै कारोबार संचालनमा आएका नयाँ बीमा कम्पनीहरुको हकमा पहिलो करार अवधिको लागी उद्योग औषत ( Industrial Average) को १५० (एक सय पचास) प्रतिशतसम्म तोक्ने सक्ने अधिकार बीमा कम्पनीको संचालक समितिलाई हुने गरि मार्गदर्शनले ब्यवस्था गरेको छ ।

सीईओको तलब, भत्ता तथा अन्य सुविधा सम्बन्धि मार्गदर्शन २०७४ मा भएको मुख्य-मुख्य बिशेषताहरु

बीमा समितिले बीमा कम्पनीको सीईओलाई कार्य उत्प्रेरणासाथ बीमा क्षेत्रको विकास, विस्तार र प्रवद्र्धन गर्न, गराउन मौद्रिक सुविधाको महत्व रहने हुँदा सो ब्यवस्थित गर्न तपसिलका ब्यवस्थाहरु सहित मार्गदर्शन जारी गरि कार्यन्वयनमा ल्याएको छ । यसलाई चार भागमा विभाजन गरी भुक्तानी गर्नु पर्ने र उक्त शिर्षकमा भन्दा अन्य कुनै पनि शिर्षकबाट थप रकम र सुविधा सीईओलाई भुक्तानी गर्न नपाईने गरि नियमनको ब्यवस्था गरेको छ ।

(क) बार्षिक तलब, भत्ता ;
उपलब्ध गराउँदा तीन बर्षको कर्मचारीको औषत खर्च र औषत कुल सम्पत्तिलाई आधार मानि गर्नु पर्ने ब्यवस्था उल्लेख गरिएको छ । तीन बर्षको कर्मचारीको औषत खर्चको ६ प्रतिशतसम्म र औषत कुल सम्पत्तिको जीबन बिमकको हकमा ०.१ ( शुन्य दशमलब एक) र निर्जिबन बीमकलाई ०.५( शुन्य दशमलब पाँच ) प्रतिशतसम्म तोकिएको छ । कर्मचारी खर्च र कुल सम्पत्तिको प्रष्टिकरण समेत मार्गदर्शनमा उल्लेख गरि सर्वसाधारणलाई बुझ्न सहज तुल्याएको छ । कारोबार संचालनको तीन बर्ष नपुगेका बीमकको हकमा उद्योगको औषत रकमलाई आधार मानि तलब,भत्ता तोक्ने कुरा उल्लेख भएको छ ।

(ख)कार्यसम्पादनमा आधारित सुविधा ;
सुविधा उपलब्ध गराउँदा मुख्यतया बोनस ऐन २०३० र खुद मुनाफा वा अण्डरराईटिङ्ग मुनाफालाई आधार बनाइएर नियमन गर्ने प्रयास गरेको देखिन्छ । यो रकम बार्षिक तलब, भत्ताको बढिमा ७० प्रतिशतसम्म रहने सक्ने गरि सिमा कायम गरिएको छ । विगतमा पुरा अवधि काम नगरी बीचैमा करार भंग गर्ने अभ्यास बढ्दो रुपमा दखिएको सन्दर्भमा करार अवधि पुरा नगर्नेलाई अनुपातले मात्र यस्तो सविधा भुक्तानी गर्ने ब्यवस्था गरि पुरा करार अवधिसम्म करार गरेको बीमकमा कार्य गर्न प्रोत्साहीत गरेको देखिन्छ ।

(ग) बीमा सुविधा ;
बीमा ब्यवसायमा नै रहि बीमकको दैनिक काम, कारवाही गर्ने सीईओले एक निश्चित रकम बराबरको सावधिक जीवन बीमा, दर्घटना बीमा र निजको परिवार सहितको स्वास्थ्य बीमाको सुविधासमेत उपलब्ध गराउन सकिने ब्यवस्था मार्गदर्शनले गरेको छ । यसबाट नेपालको बीमा क्षेत्रको विकास र प्रवद्र्धनमा सकारात्मक योगदान पुग्ने सक्ने जानकारहरुको बझाई रहेको छ ।

(घ) अन्य आर्थिक सुविधा ;
कार्यकारी प्रमखलाई संचार प्रयोजनार्थ एवं यातायात लगायतका सुविधा आवश्यक रहने भएकोले बीमकले उपलब्ध गराउन सक्ने ब्यवस्था गरि निजको कार्य सम्पादनमा थप उत्प्रेरणा र हौसला प्रदान गरेको देखिन्छ । एक सेट मोवाइल, एक थान इन्टरनेट, पत्रपत्रिका, विदेश भ्रमणको खर्च, यात्रा बीमा जस्ता अत्यावश्यक साधनको सविधालाई समेत मार्गदर्शनमा समावेश गरिएको छ । यसबाट पारदर्शितामा जोड दिई अनुत्पादक खर्च कटौति र आवश्यक शिर्षकमा खर्च गरि बीमकको कार्यसम्पादनमा बृद्धि ल्याउदै समग्र बीमाको विकास, विस्तार गर्ने र बिमितको हक हितलाई ध्यान दिएको हुन सक्ने जानकारहरुको बुझाई छ । बीमकको सीईओलाई भुक्तानी भएको सबै खर्चहरुको विवरण, जानकारी बीमकको बार्षिक प्रतिवेदनमा सार्वजनिक गर्नु पर्ने ब्यवस्था अनुसचि २ मा समावेश गरिएको छ । सर्वसाधारणले तिरेको बीमा शल्कको सहि सदुपयोग होस एवं सो बीमित, शेयरधनी र सर्वसाधारणले सहजै सुसुचित हुन पाउन भन्ने आयस रहेको देखिन्छ ।

सीईओको तलब, भत्ता, सुविधाहरु नेपाल सरकारले नियुक्ति गर्ने बीमक (राष्टिय बीमा संस्थान, राष्टिय बीमा कम्पनी, पुर्नबीमा कम्पनी) को हकमा लागु नहने भनि स्पष्ट गरेको छ । त्यस्तै अन्य केहि शर्त तोकि विदेशी बिमकका शाखा र संयुक्त लगानीमा विदेशी नागरिक सीईओ हुने त्यस्ता बीमकको हकमा समेत आकर्षित नहुने कुरा मार्गदर्शनमा प्रष्टाएको छ । तर संयुक्त लगानीमा स्थापना भई प्राविधिक सेवा सम्झौता भएता पनि कार्यकारी प्रमखको तलब, भत्ता तथा सविधाको बारेमा उक्त सम्झौतामा उल्लेख नभएको अवस्थामा वा विदेशी बीमकको नेपालस्थित शाखाहरुमा कार्यरत प्रमख कार्यकारी अधिकृतको बारेमा उक्त बीमकको मख्य कार्यलयबाट प्राविधिक सेवा सम्झौता नभएको अवस्थामा यसै मार्ग दर्शनको आधारमा तलब, भत्ता प्रदान गर्नु पर्नेछ भनि प्रष्ट रुपमा ब्यवस्था गरेको छ ।

कार्य सम्पादनमा आधारित पारिश्रमिक भुक्तानी तथा स्थगन गर्ने विधिको बारेमा कसैलाई दोहोरो अर्थ नलागोस भनि अनुसचि १ मा उदाहरण सहित तलब, भत्ताको सम्बन्धमा ब्याख्या गरिएको छ । जसबाट सर्वसाधारण, शेयरधनी, बीमित अन्य सरोकार पक्षले यस बारेमा कनै दुविधा नरहने गरि प्रष्टाएको छ ।

बीमकको संस्थागत सुशासन सम्बन्धि निर्देशीका २०७३ मा भएको ब्यवस्था

२०७३ साल भाद्र १ गतेबाट लागु भएको यस निर्देशिकामा बीमकको समग्र संस्थागत सुशासन लगायतका बिषयको अत्तिरिक्त बीमकका सीईओको तलब, भत्ता र सुविधा सम्बन्धमा केहि संक्षिप्त ब्यवस्था गरि जारी गरिएको छ । निर्देशिकामा उल्लेख भए अनुसार तल्लो तहमा काम गर्ने कर्मचारीको शुरु तलबको १५ गुणा भन्दा बढि नहुने गरि बीमकले सीईओको तलब, भत्ता तोक्नु पर्ने ब्यवस्था गरिएको थियो । बीमकको ब्यापार, कार्य बोझ वा कार्यकारी प्रमुखको उच्च कार्यसम्पादन वा अन्य थप योग्यता, दक्षता, अनुभव भएको हकमा १५ गुणाको तलब, भत्ताबाट कार्य उत्प्रेरणा हुन नसक्ने भएमा सो अनुपातलाई २५ गुणासम्म पुर्याउन सकिने छ तर सोको अनुमोदन बिमकको साधारण सभाबाट अनुमोदन गराउनु पर्ने कानुनी प्रवाधान रहेको छ ।

 प्रभाव
नयाँ बीमकको दर्ता, कारोबार संचालनसंगै गत बर्ष जारी गरेको ब्यवस्थालाई संसोधन गर्दै बीमा समितिले सीईओको तलब, भत्ता र सुविधालाई ब्यवस्थित गर्ने भनि नयाँ मार्गदर्शन जारी गरेको छ । यसबाट नेपाली बैंकिङ्ग क्षेत्रमा कार्य सम्पादन उच्च रहेका बजारका अबल जनशक्तिलाई बीमा क्षेत्रमा भित्रयाएर समग्र नेपालको बीमाको संख्यात्मक तथा गुणात्मक अभिबृद्धि हुनेमा नियमन निकाय, बीमक संघ, सर्भेयर संघ, बीमा अभिकर्ता संघ, बीमित, शेयरधनी, सर्वसाधारण र सरोकारवाला विश्वस्त भई पर्ख र हेरको अवस्था छ ।

नीतिको कार्यान्वयनबाट बीमकको उत्पादकत्वमा भएको सकारात्मक तथा अन्य प्रभावको बारेमा अनुगमन, मुल्यांकन, बिश्लेषण पश्चात वास्तविकता सार्वजनिक गरी यसको प्रभावको जानकारी बीमितलाई दिई उनिहरुको हक, हितमा रहेको पुष्टयाई गर्न आवश्यक देखिन्छ । यसको लागि नियमन निकाय, बीमक संघ, लगानीकर्ता बीमित, शेयरधनी, सरोकारवाला र मिडियाकर्मीको अहंम भुमिका तथा योगदान रहन जरुरी छ ।

 

 

 

 

समाचार

सबै

पुनर्बीमा कम्पनीको चौथो साधारण सभा सम्पन्न

काठमाडौ । वीमा कम्पनीहरुको जोखिम न्यूनिकरणको लागि स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीको चौथो बार्षिक सधारणसभा गत हालै सम्पन्न भएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको सधारणसभामा गत आर्थिक.....

नेपाल लाईफको नयाँ बीमा योजना, प्रत्येक वर्ष खर्च, अवधी पश्चात पुरै भुक्तानी

बीमा न्यूज/काठमाडौं । जीवन बीमा कम्पनीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना बजारमा ल्याएको छ ।.....

एशियन लाइफको दुई लाख २१ हजार कित्ता हकप्रद लिलाममा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रीका लागि.....

प्रभु इन्स्योरेन्समा बीमा गर्दा बि एण्ड सी अस्पतालमा नगदरहित उपचार पाइने

काठमाडौं । निर्जिवन बीमा कम्पनी प्रभु इन्स्योरेन्समा बीमा गरेका सेवाग्राहीहरुले अब पूर्वको चर्चित बी एण्ड सी.....

गण्डकी विकास बैंकबाट अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । ख बर्गको वित्तिय संस्था गण्डकी बिकास बैंक र निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सबीच बीमा सेवा.....