बीमा न्युज
मंसिर २९, काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्स आफ्नो शेयरधनीलाई लाभांश दिने भएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्नो शेयरधनीलाई १५ प्रतिशत लाभांश दिने भएको हो ।
कम्पनी संचालक समितिले निर्णय गरेको यो निर्णयलाई आगामी पुस ३० गते हुने वार्षिक साधारणसभाले पारित गर्दैछ । साधारण सभामा जाने प्रयोजनको लागि कम्पनीले आगामी पुुस १४ गतेदेखि ३० गतेसम्म बुक क्लोज गर्दैछ ।