‘Know Your Product’ अन्र्तगत नेपालको इन्स्योरेन्स कम्पनीहरुको बीमा योजनाहरु पाठक माझ पुर्याउने प्रयास गरेका छौं । पहिलो चरणमा बीमा योजनाको बारेमा जानकारी गराउने छौं भने दोस्रो चरणमा योजनाको तुलनात्मक विश्लेषण गर्ने जमर्को पनि गर्नेछौं । आजको ‘Know Your Product’ मा नेपाल लाइफ इन्स्योरेन्सको “नेपाल लाइफ जीवन ज्योति”
बीमा न्युज,
काठमाडौं । जीवन ज्योती बीमा योजना नेपाल लाइफ इन्स्योरेन्सको सिमित भुक्तानी सावधिक जीवन बीमा योजना अन्र्तगतको हो । पटक पटक बीमाशुल्क भुक्तानी गर्न झन्झट मान्ने ग्राहकहरुलाई मध्यनजर गरि किस्ता बन्दीमा तथा एकल रुपमा एक मुष्ट बीमाशुल्क भुक्तानी गर्न सकिने नयाँ बीमा योजना हो ।
यस बीमा योजनामा बीमा समाप्ती मिति सम्म बीमित जीवित रहेमा वा बीमा समाप्ति मिति अगावै बीमितको मृत्यु भएमा बीमालेखको शर्तहरुको अधिनमा रही बीमाङ्क रकम र नियम अनुसारको बोनस एकमुष्ट भुक्तानी दिइने व्यवस्था छ ।
बीमाका विशेषताहरुः
यस बीमा योजना सिमित भुक्तानी साबधीक जीवन बीमा हो । यो योजनामा बीमाङ्क रकम न्युनतम ५० हजार रुपैंया देखि बढिमा आयश्रोतको आधारमा बीमा गर्न सकिन्छ । योजनामा प्रबेश गर्न ११ वर्ष पुगेको हुनुपर्दछ । बीमा समाप्ती भने बीमित ६० वर्ष पुगे पछि हुन्छ ।
बीमाङ्क रकम भुक्तानि पाउने अवस्था
बीमा समाप्ति मिति सम्म बीमित जीवित रहेमा वा बीमा अवधि भित्रै बीमितको मृत्यु भएमा बीमा दाबी रकम बराबरको भुक्तानी पाउँछ् । अधिकतम बीमा अवधि ३० वर्ष र न्यूनतम १० वर्षको रहेको छ ।
सुविधाहरुः
यस योजनामा दुर्घटना लाभ, बीमाशुल्क छुट र अशक्त सुविधा समावेश भएको छ । ऋण तथा समर्पण मूल्य एकल बीमाशुल्क भुक्तानी गरेको अवस्थामा बीमा शुरु भएको मितिले एक वर्ष पश्चात बीमालेखको समर्पण मुल्य वा समर्पण मुल्यको ९० प्रतिशत सम्म कर्जा प्राप्त हून्छ ।
एकल बीमाशुल्क बाहेक अन्य बीमाशुल्क भुक्तानी तरीकाको हकमा ३ वर्षे बीमाशुल्क भुक्तानी गरे पश्चात समर्पण मुल्य वा समर्पण मुल्यको ९० प्रतिशत सम्म कर्जा प्राप्त हुन्छ ।