बीमा न्युज,
पौष ३
काठमाडौ । साताको दोस्रो दिन आज सोमबार नेपाल स्टक इक्चेन्जमा सामान्य गिरावट आएको छ । नेप्से शून्य दशमलव ८९ अंकले गिरावट आँउदा बीमा समूहमा पनि २५ दशमलव ५६ अंकले घटेको छ । बीमा समूहमा सोमबार २५ दशमलव ५६ अंकले गिरावट आउँदा परिसुचक सात हजार सात सय ८१ दशमलव २१ बिन्दुमा झरेको छ ।
बीमा समूहमा शून्य दशमलव ३३ अंकले परिावर्तन हुँदा ११ करोड ३० लाख ७० हजार बराबरको कारोबार भएको छ । सोमबार बीमा समूहमा सबैभन्दा धेरै कारोबार गर्ने सुचिको शिर्ष स्थानमा नेपाल लाइफ इन्स्यषेरेन्स रहेको छ । नेपाल लाइफ इन्स्योरेन्सको एक करोड ४२ लाख बराबरको कारोबार भइ सुचिको आठौं स्थानमा पर्न सफल भएको छ भने बीमा समूहमा आज कुनैपनि बीमा समूहको प्रमोटर र साधारण सेयर रहेकोे छैन ।
कारोबार संख्याको आधारमा सोमबार बीमा समूहमा सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्सको एक सय ६५ पटक कारोबार भइ एक करोड ४२ लाख बराबरको कारोबार भएको छ र त्यस्तै हिमालयन जेनरल इन्स्योरेन्सको ८७ पटक कारेबार भइ सुचिको नवौं स्थानमा पर्न सफल भएको छ । सोमबार कमाउने र गुामाउनेमा कुनैपनि बीमा समूह रहेका छैनन् ।
सोमबार नेप्से शून्य दशमलव ८९ अंकले गिरावट आउँदा नेप्से परिसुचक १५ सय आठ दशमलव २५ बिन्दुमा झरेको छ । नेप्सेमा एक सय ६३ कम्पनीका १२ लाख २५ हजार ५५ कित्ता सेयरहरु पाँच हजार दुई सय १९वटा कारोबारबाट ५६ करोड ८३ लाख २१ हजार सात सय ७९ रुपौंयामा किनबेच भएका छन ।