बीमा न्युज,
पौष ३
काठमाडौं – निर्जीवन बीमा कम्पनी एनएलजी इन्स्योरेन्स कम्पनीले गतबर्षको कमाईबाट २५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ । संचालक समितिको बैठकले हाल कायम पूँजीको २५ प्रतिशत अर्थात १२ करोड ८० लाख ८१ हजार २५० रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको हो । साथै कम्पनीले बोनसमा लाग्ने कर बापतको नगद लाभांस समेत दिने भएको छ । कम्पनीले प्रस्ताव गरेको लाभांस बीमा समितिको स्वीकृति पश्चात कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तालाई वितरण गरिनेछ ।
कम्पनीले बोनस बापतको करका लागि १.३१ प्रतिशत अर्थात ६७ लाख ४१ हजार ११६ रुपैयाँ नगद वितरण गर्ने भएको छ ।
एनएलजी इन्स्योरेन्सले कम्पनीको हाल चुक्ता पूँजी ५१ करोड २३ लाख रुपैयाँ छ । बोनसपछिे एनएलजी पूँजी ६४ करोड भन्दा बढि हुनेछ ।