बीमा न्युज, पौष २
काठमाडौं । साताको पहिलो दिन आज आइतबार नेपाल स्टक इक्चेन्जमा सामान्य गिरावट आएको छ । नेप्से ११ दशमलव एक अंकले गिरावट आउँदा बीमा समूहमा पनि ८८ दशमलव सात अंकले घटेको छ ।
बीमा समूहमा आइतबार ८८ दशमलव सात अंकले गिरावट हुँदा परिसुचक सात हजार आठ सय छ दशमलव ७७ बिन्दुमा झरेको छ । बीमा समूहमा एक दशमलव १२ अंकले परिवर्तन हुँदा आठ करोड २३ लाख सात हजार छ सय बराबरको कारोबार भएको छ ।
आइतबार बीमा समूहमा सबै भन्दा धेरै कारोबार गर्ने शिर्ष स्थानमा दुई बीमा कम्पनीहरु रहेका छन । नेपाल लाइफ इन्स्योरेन्सको १३ करोड २५ लाख बराबरको कारोबार भइ सुचिको आठौं स्थानमा पर्न सफल भएको छ भने राष्ट्रिय बीमा कम्पनीको एक करोड ३२ लाख बराबरको कारोबार भइ सुचिको नबौं स्थानमा पर्न सफल भइको छ । त्यस्तै हिमाालयन जेनरल इन्स्योरेन्सको २१ ह्जार पाँच सय ८६ रुपैंया बराबरको साधारण सेयर रहेको छ ।
कारोबार संख्याको आधारमा आइतबार सबैभन्दा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको दुई सय १६ पटक कारोबार भइ एक कररोड ३२ लाख बरोबार भएको छ भने कमाउने र गुमाउनेमा कुनैपनि बीमा कम्पनीहरु रहेका छैनन् । आइतबार नेप्से ११ दशमलव एक अंकले गिरावट आउँदा नेप्से परिसुचक १५ यस नौ दशमलव १४ बिन्दुमा झरेको छ । नेप्सेमा एक सय ५८ कम्पनीका ११ लाख छ हजार ३९ कित्ता सेयरशहरु पाँच हजार सात सय दुई वटा कारोबारबाट ५१ करोड १२ लाख १२ हजार एक सय ९२ रुपैयामा किनबेच भएका छन ।