Nepal Life Insurance

हिमालयन जनरल इन्स्योरेन्स २५ औं वर्षमा प्रवेश, अब सामाजिक सेवा क्षेत्रमा योगदान समेत प्रदान गर्ने

प्रकाशित मिति: ४ पुष २०७४, मंगलवार २१:५१

Beema News

बीमा न्युज,
काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्स २५ औं वर्ष प्रवेश गरेको छ । सो अवसरमा कम्पनीले आगामी वर्षहरुमा सामाजिक सेवा क्षेत्रमा योगदान प्रदान गर्ने तथा भविष्यमा गरिने कार्य सम्वन्धि लक्ष्यहरु घोषणा गरेको छ ।

विगत २४ वर्षको व्यवसायिक यात्रामा कम्पनीले उत्पे्ररित, दक्ष तथा कुशल कर्मचारीहरुको साथ पाउंदा धेरै उपलब्धि हासिल गर्न सकेको र यसको आधारमा आउँदो वर्षहरुमा यी क्षेत्रमा चिरस्थायी र अझ महत्वपूर्ण योगदान गर्न कम्पनीका अध्यक्ष महेन्दकृष्ण श्रेष्ठले बताउनुभयो । कम्पनी २५ औं वर्षमा प्रवेश गरेको सुखद अवसरमा आगामी दिनहरुमा यस कम्पनीले सेवा प्रदान गर्न सक्ने व्यवसायिक तथा संस्थागत सामाजिक दायित्व निर्वाह गर्नका लागि कम्पनी उत्सुक रहेको प्रमुख कार्यकारी अधिकृत सुशील बज्राचार्यले बताउनुभयो ।

कम्पनीले आफ्नो प्रगती तथा आफूले प्रदान गर्ने सेवाहरुको लागि दीर्घकालिन लक्ष्य लिएको छ । आउने दिनहरुमा भरपर्दो बीमा व्यवसाय र बीमाको क्षेत्रमा प्रविधि र सामाजिक कल्याणलाई एकसाथ ल्याउने अग्रगामी प्रयासलाई निरन्तरता दिईरहने प्रमुख कार्यकारी अधिकृत बज्राचार्यले जानकारी दिनुभयो । सामाजिक क्षेत्रका सुरक्षा, संस्कृति र प्राकृतिक सम्पदाको संरक्षण, तथा सामाजिक दायित्व जस्ता तीन मूलभत प्रभावकारी क्षेत्रहरुमा महत्वपूर्ण र निरन्तर योगदान पु¥याउन नेतृत्वदायी कार्य गर्ने कम्पनी प्रतिबद्धता रहेको उहाँले बताउनुभयो ।

हाल कम्पनीको प्रधान कार्यालय सहित २६ वटा शाखा कार्यालय संचालनमा छन् ।

 

 

 

समाचार

सबै

पुनर्बीमा कम्पनीको चौथो साधारण सभा सम्पन्न

काठमाडौ । वीमा कम्पनीहरुको जोखिम न्यूनिकरणको लागि स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीको चौथो बार्षिक सधारणसभा गत हालै सम्पन्न भएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको सधारणसभामा गत आर्थिक.....

नेपाल लाईफको नयाँ बीमा योजना, प्रत्येक वर्ष खर्च, अवधी पश्चात पुरै भुक्तानी

बीमा न्यूज/काठमाडौं । जीवन बीमा कम्पनीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना बजारमा ल्याएको छ ।.....

एशियन लाइफको दुई लाख २१ हजार कित्ता हकप्रद लिलाममा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रीका लागि.....

प्रभु इन्स्योरेन्समा बीमा गर्दा बि एण्ड सी अस्पतालमा नगदरहित उपचार पाइने

काठमाडौं । निर्जिवन बीमा कम्पनी प्रभु इन्स्योरेन्समा बीमा गरेका सेवाग्राहीहरुले अब पूर्वको चर्चित बी एण्ड सी.....

गण्डकी विकास बैंकबाट अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । ख बर्गको वित्तिय संस्था गण्डकी बिकास बैंक र निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सबीच बीमा सेवा.....