बीमा न्युज
काठमाडौं – एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले न्यून आय भएका ग्राहकलाई लक्षित गरी जीवन बीमा योजना अन्तर्गत आज देखि म्यादी लघु जीवन बिमा योजना लेराएको छ । सामान्यतया १६ वर्षदेखि अधिकतम ६४ वर्षसम्मका मानिसले बीमा गर्न सक्नेछन् । उक्त बिमा शुल्क अवधी नियमित बीमाशुल्क भुक्तानीमा ५ देखि १५ वर्ष र एकल बीमाशुल्क भुक्तानीमा १ देखि १५ वर्षसम्म रहेको छ ।
म्यादी लघु जीवन योजनाले सर्वसाधारणमा न्यून बचतबाट पनि बीमा गरेर आफू र आफ्नो परिवारलाई आर्थिक सुरक्षा प्रदान गर्न सहयोग पु¥याउने छ । यस योजना अन्तर्गत बीमितले १ लाख ५० हजार रुपैयाँसम्मको जीवन बीमा सुरक्षा प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।
बीमाशुल्क कति तिर्नु पर्छ ?
म्यादी लघु जीवन बीमा गर्नको लागि अत्यन्त थोरै बीमाशुल्क तिरे पुग्छ । जस्तै ३० बर्षको मानिसले रु.१,५०,०००।– बीमाङ्कको ५ बर्षे म्यादी लघु जीवन बीमा गर्न चाहेमा एकल बीमाशुल्क रु.१२०८।– भुक्तानि गरे पुग्छ । जसअनुसार एकमुष्ठ बीमाशुल्क रु.१२०८।– भुक्तानि गरे पश्चात ५ बर्ष अवधि सम्मको लागि पटक पटक बीमाशुल्क भुक्तानि गर्नु पर्दैन ।
म्यादी लघु जीवन बीमा योजना अन्तर्गतका सुविधाहरु के के छन ?
१.बीमा अवधीभित्र जुनसुकै कारणबाट बीमितको मृत्यु भएमा इच्छ्याएको व्यक्तिलाई क्षतिपूर्तीवापत १ लाख ५० हजार रुपैयाँ र दाह संस्कार खर्च वापत १० हजार रुपैयाँ प्रदान गरिने कम्पनीले जनाएको छ ।
२.बीमालेखको बीमा अवधिभित्र दुर्घटनाको कारणवाट बीमितलाई असर परेमा त्यहि अनुसार रकम भुक्तानी गरिने ।
त्यस्तै, नियमित तथा एकल बीमाशुल्क भुक्तानीको विकल्प रोज्न सकिने र ऐच्छिक सुविधा स्वरुप दोहोरो दुर्घटना लाभ एडीबीको व्यवस्था समेत रहेको छ ।