बीमा न्युज,
पौष ६, काठमाडौं – बिहीबार नेपाल इस्टक इक्चेन्जमा गिरावट आएको छ । नेप्से १२ दशमलव ३२ अंकले गिरावट आउँदा बीमा समूहमा पनि ७७ दशमलव ६१ अंकले घटेको छ ।
बीमा समूहमा बिहीबार ७७ दशमलव ६१ अंकले गिरावट आउँदा परिसुचक सात हजार छ सय दशमलव ६१ बिन्दुमा झरेको छ । बीमा समूहमा एक दशमलव एक अंकले परिवर्तन हुँदा सात करोड ५९ लाख १९ हजार बराबरको कारोबार भएको छ ।
बिहीबार कारोबार गर्ने बीमा समूहमा नेपाल लाइफ इन्स्योरेन्सको एक सय ७८ पटक कारोबार हुँदा एक करोड ५० लाख ३४ हजार नौ सय ८१ रुपैंया बराबरको कारोबार भइ सुचिको सातौ स्थानमा पर्न सफल भएको छ ।
बिहीबार कमाउनेमा कुनैपनि बीमा कम्पनी नरहे पनि गुमाउनेमा प्रिमियम इन्स्योरेन्स कम्पनी रहेको छ भने सेयरमा कुनैपनि बीमा कम्पनीहरुको रहेका छैनन् ।
बिहीबार नेप्से १२ दशमलव ३२ अंकले गिरावट आउँदा नेप्से परिसुचक १४ सय ७२ दशमलव १५ बिन्दुमा झरेको छ । नेप्से एक सय ५३ कम्पनीका नौ लाख ९० हजार नौ सय आठ कित्ता सेयरहरु पाँच हजार एक सय दुई वटा कारोबारबारट ४७ करोड ५८ लाख ३७ हजार चार सय ११ रुपैंयामा किनबेच भएका छन ।