Nepal Life Insurance

‘Know Your Product’ नेपाल लाइफ इन्स्योरेन्सको “सामूहिक जीवन बीमा योजना”

प्रकाशित मिति: ७ पुष २०७४, शुक्रबार १२:१६

Beema News

‘Know Your Product’ अन्र्तगत नेपालको इन्स्योरेन्स कम्पनीहरुको बीमा योजनाहरु पाठक माझ पुर्याउने प्रयास गरेका छौं । पहिलो चरणमा बीमा योजनाको बारेमा जानकारी गराउने छौं भने दोस्रो चरणमा योजनाको तुलनात्मक विश्लेषण गर्ने जमर्को पनि गर्नेछौं । आजको ‘Know Your Product’ मा नेपाल लाइफ इन्स्योरेन्सको “सामूहिक जीवन बीमा योजना”

 

बीमा न्युज,
काठमाडौं । सामूहिक जीवन बीमामा कुनै क्लव, सघं, ट्रेड युनियनका सदस्यहरू, वित्तीय संस्थाका ऋणीहरू विशेष गरि आवद्ध हुने गर्दछन । वृद्धा अवस्थाको जोखिम, मृत्यु, दुर्घटना वा विरामीको लागि हुने एक करार वा योजना अन्तर्गत बीमा गरिएको हुन्छ । सामान्यतया १८ वर्ष देखि ५५ वर्ष उमेर समूकका मानिसहरुले सहभागी हुन सक्नेछन । बिमाङ्क रकम ५० हजार देखि तीन लाख ५० हजार रुपैंयाँ सम्म सामुहिक जीवन बीमा गर्न सकिन्छ । बीमा गर्दा ५० जना भन्दा धेरैको समुह भए प्रिमियमको ५० प्रतिशत रकम कम्पनीले व्योहोर्दछ ।

यस योजनाको मूख्य उदेशय बढी भन्दा बढी सामाजिक सुरक्षा प्रदान गर्दै नागरिकहरुमा जनचेतना फैलाउदै बीमाको महत्व बुझाउन र सबै मानिसलाई बीमा योजनाहरुमा सहभागि गराउन रहेको छ । भोलिका दिनहरुमा पेन्सनको ब्यवस्था, स्वास्थ्य सुरक्षा र मानिसको जीवनमा हुने क्षतीहरु कम गर्नु रहेको छ ।

सामूहिक जीवन बीमासमूहमा आवद्ध हुने व्यक्तिहरू :

१.एउटै संस्था अन्तर्गत कार्यरत कर्मचारीहरू
२.कुनै क्लव, संध, ट्रेड युनियनका सदस्यहरू
३.कूनै वित्तीय संस्थाका ऋणीहरू

सामूहिक जीवन बीमाका प्रकारहरू :
१. सामूहिक म्यादी जीवन बीमा
२. सामूहीक सावधिक जीवन कीमा योजना
३. सामूहिक व्यक्तिगत दुर्घटना बीमा

सामूहिक जीवन बीमा मानिसहरुको एक समूहको लागि जुन बीमा कभर गर्न,वृद्धा अवस्थाको जोखिम, मृत्यु, दुर्घटना र विरामीको लागि गर्ने गरिन्छ ।

 

 

 

समाचार

सबै

पुनर्बीमा कम्पनीको चौथो साधारण सभा सम्पन्न

काठमाडौ । वीमा कम्पनीहरुको जोखिम न्यूनिकरणको लागि स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीको चौथो बार्षिक सधारणसभा गत हालै सम्पन्न भएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको सधारणसभामा गत आर्थिक.....

नेपाल लाईफको नयाँ बीमा योजना, प्रत्येक वर्ष खर्च, अवधी पश्चात पुरै भुक्तानी

बीमा न्यूज/काठमाडौं । जीवन बीमा कम्पनीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना बजारमा ल्याएको छ ।.....

एशियन लाइफको दुई लाख २१ हजार कित्ता हकप्रद लिलाममा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रीका लागि.....

प्रभु इन्स्योरेन्समा बीमा गर्दा बि एण्ड सी अस्पतालमा नगदरहित उपचार पाइने

काठमाडौं । निर्जिवन बीमा कम्पनी प्रभु इन्स्योरेन्समा बीमा गरेका सेवाग्राहीहरुले अब पूर्वको चर्चित बी एण्ड सी.....

गण्डकी विकास बैंकबाट अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । ख बर्गको वित्तिय संस्था गण्डकी बिकास बैंक र निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सबीच बीमा सेवा.....