बीमा न्युज,
काठमाडौं । शिखर इन्स्योरेन्सको २९ प्रतिशत बोनस शेयर पारित भएको छ । कम्पनीको १३औं वार्षिक साधारणसभाले उक्त प्रस्तावलाई पारित गरेको हो ।
सभाले संस्थापक शेयरमध्ये २० प्रतिशत (कुल शेयरको १४ प्रतिशत) शेयर सर्वसाधारण शेयरमा परिणत गर्ने समेत निर्णय गरेको छ । कम्पनीले चालु आर्थिक वर्ष सम्ममा एक अर्ब ४३ करोड रुपैयाँको बीमाशुल्क संकलन गर्न सफल भएको जनाएको छ ।
गत आर्थिक बर्षमा शिखरले ३७ करोड ५८ लाख ५३ हजार रुपैयाँ खुद नाफा कमाएर प्रति शेयर आम्दानी ४५ रुपैयाँ ९७ पैसा कायम गरेको थियो ।
कम्पनीको २९ प्रतिशत बोनस शेयरको वितरण पश्चात चुक्तापुँजी एक अर्ब पाँछ करोड रुपैयाँ पुग्नेछ । बीमा समतिबाट २०७५ आषाढ मसान्तभित्र निर्जिवन बीमा कम्पनीले चुक्तापुँजी एक अर्ब पुर्याउनुपर्ने निर्देशन भएकोमा कम्पनीले बोनस शेयरकै माध्यमबाट चुक्तापुँजी कायम गर्न सफल भएको छ ।