बीमा न्युज,
पुष ९, काठमाडौं । आज साताको पहिलो दिन आइतबार नेपाल स्टक एक्चेन्जमा गिरावट देखिएको छ । केहि दिन देखि निरन्तर गिरावट हुदै आएको नेप्से आज फाइनान्स समुह बाहेक कुनै पनि समुह सकारात्मक बन्न सकेको छैन् । आज नेप्से चार दशमलव ४७ अंकको सामान्य गिरावट देखिएको हो । यता बीमा समुहमा पनि २५ दशमलव ११ अंकले घटेको छ ।
आइतबार बीमा समूह २५ दशमलव ११ अंकले गिरावट आउदाँ परिसुचक सात हजार पाँच सय ७५ दशमलव ३३ बिन्दुमा झरेको छ । शुन्य दशमलव ३३ प्रतिशत अंकले परिवर्तन हुँदा बीमा समूहको आठ करोड ५८ लाख सात हजार पाँच रुपैंया कारोबार भएको छ ।
आइतबार बीमा समुहको धेरै कारोबार गर्ने शिर्ष सुचिमा राष्ट्रिय बीमा कम्पनी मात्रै रहेको छ । राष्ट्रिय बीमा कम्पनीको ९४ लाख ५७ हजार सात सय ७७ रुपैयाँमा कारोबार भएको छ ।
कारोबार संख्याको आधारमा नेपाल लाइफ मात्रै शिर्ष सुचिमा रहेको छ । नेपाल लाइफको तीन सय ११ पटक कारोबार भएको छ । आइतबार धेरै कमाउने र गुमाउनेमा कुनै पनि बीमा कम्पनी शिर्ष सुचिमा परेका छैनन् ।
आइतबार नेप्से चार दशमलब ४७ अंकले गिरावट आउँदा नेप्से परिसुचक १४ सय ६७ दशलमब ६८ विन्दुमा झरेको छ । नेप्सेमा एक सय ६१ कम्पनीका १४ लाख ५७ हजार चार सय २० कित्ता शेयरहरु छ हजार ६४ वटा कारोबारबाट ५५ करोड ९५ लाख ८२ हजार आठ सय ४० रुपैँयामा किनबेच भएका छन् ।