बीमा न्युज,
काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्सले १३ औं बार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको १६७ औं बैठकले आउँदो पुस १४ गते अमृतभोग, कालिकास्थानमा साधारण सभा गर्ने भएको हो ।
कम्पनीले साधारण सभामा शतप्रतिशत हकप्रदपछि कायम भएको चुक्ता पूँजी ७८ करोड रुपैयाँको १२.८२ प्रतिशत बोनस वितरण प्रस्ताव गरेको छ । बोनसमा लाग्ने कर प्रयोजनका लागि कम्पनीले ०.६७ प्रतिशत बराबरको ५२ लाख ६३ हजार १५८ रुपैयाँ नगद वितरण गर्नेछ । त्यस बाहेक कम्पनीले संस्थापक सेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने चार जना सञ्चालकहरुको निर्वाचन पनि गर्दैछ । चालू आथिक वर्षको लेखापरिक्षक नियुक्ति गर्ने तथा पारिश्रमीक तोक्ने, र नियामक निकायले दिएको निर्देशन अनुरुप कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा संसोधन गर्दैछ ।
कम्पनीले बोनस वितरण गरे पछि चुक्ता पूँजी ८८ करोड रुपैयाँ पुग्नेछ । बीमा समतिको निर्देशन अनुरुप कम्पनीले एक अर्ब चुक्तापूँजी पुर्याउन थप १२ करोड पूँजी वृद्धि गर्नुपर्ने देखिन्छ ।
चालु आर्थिक वर्षको प्रहिलो त्रैमासमा लुम्बिनी जनरल इन्स्योरेन्सले तीन करोड नौं लाख रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीको जगेडा कोषमा १२ करोड ५३ लाख तथा बीमा कोषमा ३४ करोड १५ लाख रुपैयाँ रहेको छ । ३२ हजार १३० बीमा लेखबाट ३० करोड ७७ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । उसको नविकरण गरिएको बीमालेखको संख्या चार हजार ७१० वटा रहेको छ ।
कम्पनीले प्रतिशेयर आम्दानी १५ रुपैयाँ ८४ पैसा कायम गरेको छ ।