बीमा न्युज,
काठमाडौं । नेशनल इन्स्योरेन्सले सशस्त्र प्रहरी बल नेपालका गोताखोर तालिम प्राप्त सशस्त्र प्रहरीको निःशुल्का व्यक्तिगत दुर्घटना बीमा गरेको छ । विपद् व्यवस्थापनको कार्यमा सशस्त्र प्रहरीले उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै कम्पनी १११ औं स्थापना दिवसको अवसर पारेर एपीएफका गोताखोरहरूको निःशुल्क बीमा गरेको हो ।
गोताखोर तालिमप्राप्त सशस्त्र प्रहरी कर्मचारीलाई निःशुल्क बीमा पोलिसी हस्तान्तरण कम्पनीका प्रमुख कार्यकारी अधिकृत डा. प्रणव सेनले प्रमाणपत्र प्रदान गर्नुभएको हो ।
कम्पनीले सशस्त्र प्रहरी बल नेपालमा कार्यरत २० जना सशस्त्र प्रहरी अधिकृत, बिल्लादार तथा जवानहरूको लागि प्रतिव्यक्ति २ लाख रुपियाँका दरले निःशुल्करूपमा व्यक्तिगत दुर्घटना बीमा गरेको हो ।