Nepal Life Insurance

सुध्रिएन नेप्से, बीमा समुहमा १३६.९१ अंकको भारी गिरावट

प्रकाशित मिति: १२ पुष २०७४, बुधबार १६:१५

Beema News

बीमा न्युज,
पुष १२, काठमाडौं । आज बुधबार नेपाल स्टक एक्चेन्जमा गिरावट देखिएको छ । केहि दिन देखि निरन्तर गिरावट हुदै आएको नेप्से आज पनि गरिवट देखिएको हो । उत्पादन तथा प्रशोधन समुह बाहेक कुनै पनि समुहमा गिरावट देखिएको छ । आज नेप्से २१ दशमलव ५३ अंकको गिरावट हुदाँ बीमा समुहमा १३६ दशमलव ९१ अंकले भारी गिरावट आएको हो ।

बुधबार बीमा समूहमा १३६ दशमलव ९१ अंकको भारि गिरावट आउदाँ परिसुचक सात हजार दुई सय ९९ दशमलव ६१ बिन्दुमा झरेको छ । एक दशमलव ८४ प्रतिशत अंकले परिवर्तन हुँदा बीमा समूहको कारोबार ११ करोड आठ लाख ७८ हजार दुई रुपैंया भएको छ ।

 

बुधबार बीमा समुहको धेरै कारोबार गर्ने शिर्ष सुचिमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको प्रमोटर शेयर र साधारण शेयर मात्रै रहेको छ । नेपाल लाइफ इन्स्योरेन्सको प्रमोटर शेयर १० करोड ९९ लाख बराबरको कारोबार भएर सुचिको पहिलो स्थानमा रहेको छ । यस्तै एक करोड ९५ लाख रुपैयाँ बराबरको साधारण शेयर कारोबार भएको छ ।

कारोबार संख्याको आधारमा नेपाल लाइफ मात्रै शिर्ष सुचिमा रहेको छ । नेपाल लाइफको दुई सय २१ पटक कारोबार भएको छ । बुधबार धेरै कमाउनेमा नेपाल लाइफको प्रमोटर शेयर रहेको छ । यस्तै गुमाउनेमा प्रुडेसियल इन्स्योरेन्स रहेको छ ।

 

बुधबार नेप्से २१ दशमलब ५३ अंकले गिरावट आउँदा नेप्से परिसुचक १४ सय २५ दशलमब ५१ विन्दुमा झरेको छ । नेप्सेमा एक सय ५६ कम्पनीका १३ लाख ८६ हजार चार सय ७५ कित्ता शेयरहरु सात हजार दुई सय ८४ वटा कारोबारबाट ७६ करोड ५७ लाख ६९ हजार छ सय ६२ रुपैँयामा किनबेच भएका छन् ।

 

 

 

समाचार

सबै

पुनर्बीमा कम्पनीको चौथो साधारण सभा सम्पन्न

काठमाडौ । वीमा कम्पनीहरुको जोखिम न्यूनिकरणको लागि स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीको चौथो बार्षिक सधारणसभा गत हालै सम्पन्न भएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको सधारणसभामा गत आर्थिक.....

नेपाल लाईफको नयाँ बीमा योजना, प्रत्येक वर्ष खर्च, अवधी पश्चात पुरै भुक्तानी

बीमा न्यूज/काठमाडौं । जीवन बीमा कम्पनीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना बजारमा ल्याएको छ ।.....

एशियन लाइफको दुई लाख २१ हजार कित्ता हकप्रद लिलाममा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रीका लागि.....

प्रभु इन्स्योरेन्समा बीमा गर्दा बि एण्ड सी अस्पतालमा नगदरहित उपचार पाइने

काठमाडौं । निर्जिवन बीमा कम्पनी प्रभु इन्स्योरेन्समा बीमा गरेका सेवाग्राहीहरुले अब पूर्वको चर्चित बी एण्ड सी.....

गण्डकी विकास बैंकबाट अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । ख बर्गको वित्तिय संस्था गण्डकी बिकास बैंक र निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सबीच बीमा सेवा.....