बीमा न्युज,
पौष १३
काठमाडौ – एक वर्षको अवधिमा स्वास्थ्य बीमा गर्नेहरुको संख्या १४ प्रतिशतले बढेको छ । स्वास्थ्य सेवा विभागले उपलब्ध गराएको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७३ को तुलनामा आर्थिक वर्ष २०७४ को मसान्त सम्ममा १४ प्रतिशतले वृद्धि भएको हो ।
सरकारले आर्थिक वर्ष २०७२ देखी स्वास्थ्य सेवा बीमा कैलाली जिल्लाबाट सुरु गरी हाल सम्म २२ जिल्लामा कार्यक्रम लागु भइ सकेको छ । आर्थिक वर्ष २०७४ मंसिर मसान्त सम्ममा स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत एक लाख छ हजार आठ सय ९७ जना बिमितहरुलाई स्वास्थ्योपचार सुविधा प्रदान गरिएको छ ।
सरकारले आर्थिक वर्ष २०७४ को चैत मसान्त सम्ममा स्वास्थ्य बीमा कार्यक्रम विस्तार गरी ३८ जिलामा पुर्याउने घोषणा गरे पनि सो लक्ष्य अझै पुरा हुन सकेको छैन । अहिले स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्न थप जिल्ला छनोट भइरहेको स्वास्थ्य विभागले जानकारी दिएको छ ।
स्वास्थ्य बीमा कार्यक्रम प्राथमिक स्वास्थ्य केन्द्र देखी माथिल्ला स्वास्थ्य संस्था वा अस्पतालमा मात्र लागु गरिएको छ । अहिले सम्म स्वास्थ्य बीमा कार्यक्रम सरकारी अस्पतालका साथै तोकिएका जिल्लाका मेडिकल कलेजहरुमा लागु भइ रहेको छ ।