बीमा न्युज,
पौष १३, काठमाडौ – बिहीबार नेपाल स्टक इक्चेन्जमा गिरावट आएको छ । नेपाल स्टक इक्चेन्जमा १० दशमलव ७३ अंकले गिरावट आउँदा बीमा समूहमा तिन दशमलव ३८ अंकले गिरावट आएको छ ।
बिहीबार बीमा समूहमा तिन दशमलव ३८ अंकले गिरावट आउँदा नेप्से परिसुचक सात हजार दुई सय ९६ दशमलव १३ बिन्दुमा झरेको छ । नेप्से तिन दशमलव ४८ अंकले परिवर्तन हुँदा बीमा समूहको आठ करोड ४९ लाख ९९ हजार रुपैंया बराबरको कारेबार भएको छ ।
कारोबार गर्ने शिर्ष सुचिमा नेपाल लाइफ इन्स्योरेन्स र राष्ट्रिय बीमा कम्पनी रहेका छन । नेपाल लाइफ इन्स्योन्सको एक सय ८२ पटक कारोबार हुँदा एक करोड ७७ लाख १७ हजार सात सय दुई रुपैंया बराबरको कारोबार भइ सुचिको छैंटौ स्थानमा पर्न सफल भएको छ ।
कमाउनेमा सगरमाथा इरनस्योरेन्स र युनाइटेड इन्स्योरेन्स रहेका छन भने गमाउनेमा कुनैपनि बीमा समूह रहेका छैनन । त्यस्तै सेयरमा राष्ट्रिय बीमा कम्पनीको प्रमोटर सेयर सहित एक करोड ६३ लाख रुपैंया बराबरको कारोबार भएको छ । भने हिमालयन जेनरल इन्स्योरेन्सको साधारण सेयर रही सुचिको दशौ स्थानमा रहेको छ ।
बिहीबार नेप्से १० दशमलव ७३ अंकले गिरावट आउँदा नेप्से परिसुचक १४ सय १४ दशमलव ७८ बिन्दुमा झरेको छ । नेप्सेमा एक सय ६२ कम्पनीका १८ लाख ६१ हजार ६५ कित्ता सेयरहरु सात हजार नौ सय ४५ वटा कारोबारबाट ८१ करोड ६९ लाख ९८ हजार छ सय २४ रुपैंंयामा किनबेच भएका छन ।