Nepal Life Insurance

प्रभु लाइफको बैदेशिक रोजगार (म्यादी) जीवन बीमा योजना शुभारम्भ

प्रकाशित मिति: १३ पुष २०७४, बिहीबार २२:००

Beema News

बीमा न्युज,
काठमाडौं । प्रभु लाइफ इन्स्योरन्सले बैदेशिक रोजगार (म्यादी) जीवन बीमा योजनाको शुभारम्भ गरेको छ । कम्पनीले बिहीबार देखि लागु हुने गरी म्यादी जीवन बीमा योजनाको शुभारम्भ गरेको हो ।

कम्पनीका अध्यक्ष रामबहादुर पाण्डेले नयाँ बीमा योजनाको शुभारम्भ गर्नुभएको हो । कार्यक्रममा अध्यक्ष पाण्डेले वैदेशिक रोजगारमा जाने व्यक्तिहरुका लागि कम्पनी सदा तत्पर भै सेवा दिने बताउनुभयो ।

कार्यक्रममा प्रभु बैंकका संचालक अम्बिका शर्मा तथा प्रभु लाइफका संचालक नरेश मल्लले समेत ग्राहक माझ आफ्नो पहिचान बनाउन प्रभु लाइफ सफल हुने बताउनुभयो ।

म्यादी जीवन बीमा बाफल स्थित बैदेशिक रोजगार जीवन बीमा शाखाबाट बीमा गर्न सकिने कम्पनीले जनाएको छ ।

 

 

 

समाचार

सबै

पुनर्बीमा कम्पनीको चौथो साधारण सभा सम्पन्न

काठमाडौ । वीमा कम्पनीहरुको जोखिम न्यूनिकरणको लागि स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीको चौथो बार्षिक सधारणसभा गत हालै सम्पन्न भएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको सधारणसभामा गत आर्थिक.....

नेपाल लाईफको नयाँ बीमा योजना, प्रत्येक वर्ष खर्च, अवधी पश्चात पुरै भुक्तानी

बीमा न्यूज/काठमाडौं । जीवन बीमा कम्पनीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना बजारमा ल्याएको छ ।.....

एशियन लाइफको दुई लाख २१ हजार कित्ता हकप्रद लिलाममा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रीका लागि.....

प्रभु इन्स्योरेन्समा बीमा गर्दा बि एण्ड सी अस्पतालमा नगदरहित उपचार पाइने

काठमाडौं । निर्जिवन बीमा कम्पनी प्रभु इन्स्योरेन्समा बीमा गरेका सेवाग्राहीहरुले अब पूर्वको चर्चित बी एण्ड सी.....

गण्डकी विकास बैंकबाट अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । ख बर्गको वित्तिय संस्था गण्डकी बिकास बैंक र निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सबीच बीमा सेवा.....