Nepal Life Insurance

साउदी अरबमा सुरक्षित गाडी चालकलाई बीमामा १५ प्रतिशत छुट

प्रकाशित मिति: १४ पुष २०७४, शुक्रबार १२:००

Beema News

बीमा न्युज,
काठमाडौँ । साउदी अरबमा सुरक्षित गाडी चलाउने चालकलाई बीमा कम्पनीहरुले बीमामा १५ प्रतिशत छुट दिने व्यवस्था गरेको छ । बीमा कम्पनीहरुको यो छुट सन् २०१८ को जुन ३० सम्म दिइने स्थानिय सञ्चार माध्यामहरुले जनाएका छन् ।

साउदी अरबमा हुने सडक दुर्घटना न्यूनीकरण गर्नको लागि र सवारी साधन सुरक्षित तबरले चलाउनको लागि कम्पनीहरुले यस्तो अभियान सुरु गरेका हुन् । साउदी अरबियन मोनेटरी औथोरिटी (सामा) ले बीमा कम्पनीहरुमा यसको बारे जानकारी दिए संगै बीमा कम्पनीहरुले यो अभियान सुरु गरेका हुन् । यो सुबिधा सन् २०१७ अगस्ट देखि डिसेम्बरसम्म गाडी दुर्घटना नपरेका चालकहरुको हकमा मात्रै लागु हुनेछ ।

सामा र जेनेरल ट्राफिक डिपार्टमेन्टले सम्पूर्ण सवारी चालकहरुलाई  आफ्नो सवारी साधनको बीमा गर्न र यो सुबिधाबाट लाभान्वित हुन् सुचित गरेको छ ।

 

 

 

 

 

समाचार

सबै

पुनर्बीमा कम्पनीको चौथो साधारण सभा सम्पन्न

काठमाडौ । वीमा कम्पनीहरुको जोखिम न्यूनिकरणको लागि स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीको चौथो बार्षिक सधारणसभा गत हालै सम्पन्न भएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको सधारणसभामा गत आर्थिक.....

नेपाल लाईफको नयाँ बीमा योजना, प्रत्येक वर्ष खर्च, अवधी पश्चात पुरै भुक्तानी

बीमा न्यूज/काठमाडौं । जीवन बीमा कम्पनीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना बजारमा ल्याएको छ ।.....

एशियन लाइफको दुई लाख २१ हजार कित्ता हकप्रद लिलाममा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रीका लागि.....

प्रभु इन्स्योरेन्समा बीमा गर्दा बि एण्ड सी अस्पतालमा नगदरहित उपचार पाइने

काठमाडौं । निर्जिवन बीमा कम्पनी प्रभु इन्स्योरेन्समा बीमा गरेका सेवाग्राहीहरुले अब पूर्वको चर्चित बी एण्ड सी.....

गण्डकी विकास बैंकबाट अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । ख बर्गको वित्तिय संस्था गण्डकी बिकास बैंक र निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सबीच बीमा सेवा.....