Nepal Life Insurance

स्वास्थ्य बीमामा म्याग्दीका १७ सय परिवार आवद्ध

प्रकाशित मिति: १६ पुष २०७४, आईतवार १४:१२

Beema News

बीमा न्युज,
पौष १६, काठमाडौं- आर्थिक रुपमा विपन्न र गरिब समुदायका नागरिकको गुणस्तरिय स्वास्थ्य सेवामा पहुँच बढाउने उदेश्यले सञ्चालित स्वास्थ्य बीमा कार्यक्रमा म्याग्दीका करिब एक हजार सात सय परिवार आवद्ध भएका छन ।

सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिले बि.स. २०७३ पुस १३ गतेदेखि म्याग्दीमा स्वास्थ्य बीमा कार्यक्रम सुरु गरेको थियो । एक वर्षको अवधिमा एक हजार छ सय ७४ परिवारका सात हजार एक सय ६० जना स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध भएका समितिका जिल्ला प्रबन्धक अर्जुन पण्डितले जानकारी दिनुभयो ।

स्वास्थ्य बीमा बाफत ४३ लाख ७८ हजार छ सय २० रुपैंया योगदान रकम संकलन भएको छ । स्वास्थ्य बीमा गरेका मध्य हालसम्म बेनी अस्पतालबाट दुई हजार पाँच सय १९ जनाले १३ लाख २९ हजार नौ सय ३६ र दरबाङ्ग प्राथमिक स्वास्थ्य केन्द्रबाट पाँच सय ५१ जनाले एक लाख ५३ हजार पाँच सय २४ बराबरको औषधी उपचार सेवा प्राप्त गरेका समितिले जनाएको छ ।

 

बेनी अस्पताल,दरबाङ्ग प्राथमिक स्वास्थ्य केन्द्र, धोलागिरी अञ्चल अस्पताल बागलुङ्कका साथै ति स्वास्थ्य सेवा संस्थाले शिफारिस गरेमा सुचिकृत भएका काठमाडौ, पोखरा लगायतका देशका विभिन्न ठाउँमा रहेका अस्पतालहरुमा स्वास्थ्य सेवा पाउने व्यबस्था गरेको छ ।

कार्यबाट बीमाकर्ताहरुले बहिरङ्ग, प्रसुति, एक्सरे, प्रयोगशाला, घाउ चिरफार, टाँका सिलाई, अल्ट्रासाउण्ड, इन्डोस्कोपी, पिजीयोथेरापी, मधुमेह, आँखा सेवा लगायतका ३२ किसिमका अन्य सेृवाहरु पउनेछन ।

 

वडास्तरमा खटिएका दर्ता सहयोगी मार्फत स्वास्थ्य बीमा गर्न सकिन्छ । म्याग्दीमा ४३ जना दर्ता सहयोगी परिचालन भएका छन । प्रदेश नं. चारको म्याग्दी, बागलुङ्ग, कास्की, तनहुँ र गोर्खासहित देशका २२ जिल्लामा स्वास्थ्य बीमा कार्याक्रम लागु भएको छ ।

 

 

 

समाचार

सबै

पुनर्बीमा कम्पनीको चौथो साधारण सभा सम्पन्न

काठमाडौ । वीमा कम्पनीहरुको जोखिम न्यूनिकरणको लागि स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीको चौथो बार्षिक सधारणसभा गत हालै सम्पन्न भएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको सधारणसभामा गत आर्थिक.....

नेपाल लाईफको नयाँ बीमा योजना, प्रत्येक वर्ष खर्च, अवधी पश्चात पुरै भुक्तानी

बीमा न्यूज/काठमाडौं । जीवन बीमा कम्पनीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना बजारमा ल्याएको छ ।.....

एशियन लाइफको दुई लाख २१ हजार कित्ता हकप्रद लिलाममा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रीका लागि.....

प्रभु इन्स्योरेन्समा बीमा गर्दा बि एण्ड सी अस्पतालमा नगदरहित उपचार पाइने

काठमाडौं । निर्जिवन बीमा कम्पनी प्रभु इन्स्योरेन्समा बीमा गरेका सेवाग्राहीहरुले अब पूर्वको चर्चित बी एण्ड सी.....

गण्डकी विकास बैंकबाट अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । ख बर्गको वित्तिय संस्था गण्डकी बिकास बैंक र निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सबीच बीमा सेवा.....