बीमा न्युज,
काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्सको ३० प्रतिशत हकप्रद शेयर बिक्री खुला भएको छ । पुस १६ गते देखि माघ २१ गतेसम्म कम्पनीको हकप्रद शेयर खुला भएको हो । कम्पनीले १२ लाख ८३ हजार ४० कित्ता सेयर बिक्री गरेको हो ।
कम्पनीको मंसिर २४ गतेसम्म कायम रहेका शेयरधनीले मात्र कम्पनीको हकप्रद शेयरमा आवेदन दिन सक्नेछ । बिक्री हकप्रद शेयर कम्पनीको कर्पोरेट कार्यालय वीरगञ्ज, पर्सा शाखा कार्यालयबाट, एनआइसी एसिया क्यापिटल लिमिटेड बबरमहल काठमाडौं र आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट पनि आवेदन दिन सकिन्छ ।
कम्पनीको हाल चुक्ता पुँजी ४२ करोड ७६ लाख ८० हजार रुपैयाँ रहेको छ । गत वर्षको नाफाबाट कम्पनीले २० प्रतिशत बोनस शेयर र १.९५ प्रतिशत नगद लाभांश दिने पनि भएको छ ।
हकप्रद पछि कम्पनीको चुक्ता पुँजी ५५ करोड ५९ लाख ८४ हजार रुपैयाँ हुनेछ । चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा कम्पनीले २ करोड ५२ लाख ३८ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।