बीमा न्युज,
काठमाडौ । हिमालयन जनरल इन्स्योरेन्स कम्पनीले रक्तदान कार्यक्रमको आयोजना गरेको छ । कम्पनीले २५ औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम गरेको हो ।
संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत गरेको कार्यक्रममा कम्पनीका कर्मचारी, बीमित तथा शुभचिन्तक गरी ५० जनाले रक्तदान गरेको कम्पनीले जनाएको छ ।