Nepal Life Insurance

ज्योति लाइफको ब्राण्ड एम्बेस्डरमा महानायक राजेश हमाल नियुक्त

प्रकाशित मिति: २० पुष २०७४, बिहीबार ११:०५

Beema News

बीमा न्युज,
काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्सले व्यवसाय प्रवद्र्धनका लागि ब्राण्ड एम्बेस्डरका रुपमा राजेश हमाललाई नियुक्त गरेको छ । कम्पनी र हमालबीच आगामी २ वर्षको लागि आबद्धता सम्बन्धी सम्झौता भएको हो ।

सम्झौता पत्रमा कम्पनीका संचालक द्वय नन्द किशोर शर्मा र आकाश गोल्छा सहित व्यवस्थापनका अन्य पदाधिकारीहरुको उपस्थितिमा ज्योति लाइफ इन्स्योरेन्सका कार्यकारी उप–प्रमुख प्रकाश विक्रम खत्री र राजेश हमालले हस्ताक्षर गर्नुभएको छ । नेपाली चलचित्र क्षेत्रका महानायक तथा देशकै गौरवशाली व्यक्तित्व राजेश हमाललाइ कम्पनीमा आबद्ध गराउन पाउँदा गौरवान्वित महसुस गरेको कम्पनीले जनाएको छ ।

सम्झौता सम्पन्न पश्चात आगामि २ वर्ष जीवन वीमा सम्बन्धी सचेतना अभिवृद्धी सम्बन्धी र कम्पनीको व्यवसाय प्रबर्धन सम्बन्धी विभिन्न कार्यक्रमहरुमा राजेश हमालको सहभागिता रहने भएकोले नेपाली बीमा क्षेत्रकै उचाइ अझ बढ्ने विश्वास कम्पनीले गरेको छ ।

नेपालको १२ औं जीबन बीमा कम्पनीको रुपमा गत आसोज ८ गतेबाट औपचारिक व्यवसाय शुरुवात गरेको ज्योति लाईफ इन्स्योरेन्सले स्थापनाको देशको विभिन्न भागमा २७ वटा शाखा संजालको रहेको छ । कम्पनीको छ ओटा आकर्षक जीवन वीमा योजना जारी गरेको छ । आगामि दिनमा कम्पनीले जीवन वीमा व्यवसायको दायरा फराकिलो पार्ने कार्यलाइ अझ सशक्त बनाउने योजना बनाएको छ ।

 

 

 

 

समाचार

सबै

पुनर्बीमा कम्पनीको चौथो साधारण सभा सम्पन्न

काठमाडौ । वीमा कम्पनीहरुको जोखिम न्यूनिकरणको लागि स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीको चौथो बार्षिक सधारणसभा गत हालै सम्पन्न भएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको सधारणसभामा गत आर्थिक.....

नेपाल लाईफको नयाँ बीमा योजना, प्रत्येक वर्ष खर्च, अवधी पश्चात पुरै भुक्तानी

बीमा न्यूज/काठमाडौं । जीवन बीमा कम्पनीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना बजारमा ल्याएको छ ।.....

एशियन लाइफको दुई लाख २१ हजार कित्ता हकप्रद लिलाममा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रीका लागि.....

प्रभु इन्स्योरेन्समा बीमा गर्दा बि एण्ड सी अस्पतालमा नगदरहित उपचार पाइने

काठमाडौं । निर्जिवन बीमा कम्पनी प्रभु इन्स्योरेन्समा बीमा गरेका सेवाग्राहीहरुले अब पूर्वको चर्चित बी एण्ड सी.....

गण्डकी विकास बैंकबाट अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । ख बर्गको वित्तिय संस्था गण्डकी बिकास बैंक र निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सबीच बीमा सेवा.....