Nepal Life Insurance

प्रिमियम इन्स्योरेन्सको एफपिओमा ३५ प्रतिशत आबेदकले मात्र पाउने

प्रकाशित मिति: २० पुष २०७४, बिहीबार १४:४०

Beema News

बीमा न्युज,
काठमाडौ । प्रिमियम इन्स्योरेन्सको एफपिओ ३५ दबमलव ८७ प्रतिशतले मात्र पाउने भएका छन । कम्पनीको एफपिओ मागभन्दा छ दशमलव १२ गुणा आवेदन परेको छ ।

कम्पनीको विवरण अनुसार एफपिओमा एक लाख ३८ हजार आठ सय ४६ जना लगानीकर्ताले तीन अर्व २२ करोड ५८ लाख बराबरको आवेदन परेको कम्पनीले जनाएको छ ।

शेयर बाँडफाँड गोलाप्रथाबाट गर्दा ६५ हजार नौ सय ९६ जना लगानीकर्ताले मात्र शेयर पाउँछन । यसको आधारमा कुल आवेदकमध्ये ३५ दशमलव ८७ प्रसतिशतले मात्र एफपिओ पाउने देखिएको छ । कम्पनीले पुस १६ गतेदेखि १९ गतेसम्म फेस भ्यालु एक सय रुपैयामा प्रिमियम थपगरी प्रतिकित्ता सात सय ९९ रुपैंया दरको छ लाख ५९ हजार पाँच सय ६५ कित्ता एफपिओ बिक्रीमा ल्याएको हो ।

कम्पनीको एकपिओमा न्युनतम १० कित्तादेखि अधिकतम तीन हजार दुई सय ९० कित्तासम्म आवेदन दिन पाउने व्यवस्था रहेको थियो । कम्पनीले ५२ करोड ६९ लाख ९२ हजार चार सय ३५ बराबरको एफपिओ जारी गरेको हो ।

कम्पनीको हालको चुक्ता पुँजी ४४ करोड ८५ लाख तीन हजार आठ सय रुपैंया रहेको छ । एफपिओ पछि चुक्ता पुँजी ५१ करोड ४४ लाख ६० हजार तीन सय रुपैंया पुग्नेछ । बीमा समितिले निर्जिवन बीमा कम्पनीको न्यूनतम चुक्ता पुँजी एक अर्व हुनुपर्ने व्यवस्था रहेको छ ।

 

 

 

समाचार

सबै

पुनर्बीमा कम्पनीको चौथो साधारण सभा सम्पन्न

काठमाडौ । वीमा कम्पनीहरुको जोखिम न्यूनिकरणको लागि स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीको चौथो बार्षिक सधारणसभा गत हालै सम्पन्न भएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको सधारणसभामा गत आर्थिक.....

नेपाल लाईफको नयाँ बीमा योजना, प्रत्येक वर्ष खर्च, अवधी पश्चात पुरै भुक्तानी

बीमा न्यूज/काठमाडौं । जीवन बीमा कम्पनीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना बजारमा ल्याएको छ ।.....

एशियन लाइफको दुई लाख २१ हजार कित्ता हकप्रद लिलाममा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रीका लागि.....

प्रभु इन्स्योरेन्समा बीमा गर्दा बि एण्ड सी अस्पतालमा नगदरहित उपचार पाइने

काठमाडौं । निर्जिवन बीमा कम्पनी प्रभु इन्स्योरेन्समा बीमा गरेका सेवाग्राहीहरुले अब पूर्वको चर्चित बी एण्ड सी.....

गण्डकी विकास बैंकबाट अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । ख बर्गको वित्तिय संस्था गण्डकी बिकास बैंक र निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सबीच बीमा सेवा.....